+
+

ब्रेकअपपछि एकसाथ देखिए टाइगर र दिशा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १७:२१

काठमाडौं । केही समयपछि बलिउड जोडी टाइगर श्राफ र दिशा पटानीबीच ब्रेकअपको खबर आएको थियो । तर दिशाको जन्मदिनमा टाइगरले उनलाई बर्थडे विस गरे । ब्रेकअपको धेरै समयपछि यी दुई दिल्लीमा एकसाथ देखिएका छन् । सँगै देखिएपछि सम्भावित ‘प्याचअप’को चर्चा पनि सुरु भएको छ ।

दिल्लीमा आयोजित कार्यक्रममा दुवै जना मुम्बईबाट एउटै फ्लाइटमा सवार थिए । केही भिडियो अनलाइनमा सार्वजनिक भएका छन्, जसमा टाइगर र दिशा एकअर्काको छेउमा बसेर एकअर्कासँग कुरा गरिरहेका छन् । कतिपय फ्यान भने यी दुई फेरि एकजुट हुन लागेका हुन् कि भनेर उत्साहित पनि भएका छन् ।

भिडियोमा टाइगर र दिशा दिल्लीमा भएको कार्यक्रममा सँगै पुगेको देख्न सकिन्छ । दुवैले पापाराजीलाई फरक-फरक पोज दिए । टाइगरले पोज दिइरहेको बेला दिशा पर्खिरहेकी थिइन् । उनी गएपछि दिशा पोज दिन अगाडि आइन् । यस कार्यक्रममा टाइगरले कालो टिसर्ट र मिल्दो रंगको जुत्ता लगाएका थिए । जबकि दिशाले सेतो प्यान्ट र क्रप गरिएको बैजनी टपको साथ स्निकर लगाएकी थिइन् । यससँगै दुवैले कालो सनग्लास पनि लगाएका थिए ।

उक्त कार्यक्रममा दिशा र टाइगर एकअर्काको छेउमा बसेका थिए । यससँगै दिशाको छेउमा टाइगरकी बहिनी कृष्णा श्राफ आफ्नी आमा आयशा श्राफसँग बसेकी थिइन् । कार्यक्रमका केही तस्वीरमा दिशा र टाइगरसँगै हाँसे र क्यामेरामेनलाई फरक-फरक एक्सप्रेसनमा पोज दिइरहेका छन् ।

टाइगर-दिशाका फ्यानले यो भिडियोलाई सामाजिक सञ्जालमा कमेन्ट गरिरहेका छन् । भिडियोमा एक फ्यान लेख्छन्, ‘अहिले दुवै जना डेट गरिरहेका छैनन् । विमानमा पनि टाइगरले दिशातर्फ हेरिरहेका थिएनन् । त्यही क्रममा एक प्रयोगकर्ताले लेखेका छन्, ‘तिमी दुवै जना राम्रो देखिरहेका छौं, लवली कपल । छिट्टै बिहे गर ! त्यही क्रममा एक प्रयोगकर्ताले लेखेका छन्, ‘के यसको मतलब उनीहरु फेरि डेटिङ गर्दैछन् ?’

गत महिना टाइगरले सामाजिक सञ्जालमा एक नोट लेखेर दिशालार्ई जन्मदिनको शुभकामना दिएका थिए । दिशा अब करण जोहरको एकसन फिल्म ‘योद्धा’मा सिद्धार्थ मल्होत्राको अपोजिटमा देखिनेछिन् । यो फिल्म २०२३ भित्रै रिलिज हुनेछ । यसबाहेक दिशाले निर्देशक सिरुथाई शिवको फिल्मबाट तमिलमा डेब्यु गर्न लागेकी छिन् । यस फिल्ममा दिशा सूर्याको अपोजिटमा देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?