+
+

‘राम’पछि ‘विष्णु’ बन्दै प्रभास

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १२:०२

काठमाडौं । प्रभासको फिल्म ‘आदिपुरुष’ हालै हलमा रिलिज भयो । फिल्मले बक्स अफिसमा कस्तो व्यापार गर्‍यो सबैलाई थाहा छ । फिल्म असफल भएपछि फ्यान ‘बाहुबली’ अभिनेताको आगामी फिल्म ‘सालार’ र ‘प्रोजेक्ट के’को पर्खाइमा छन् ।

‘सालार’ यसै वर्षको सेप्टेम्बरमा प्रदर्शनको तयारीमा छ । तर अब अर्को फिल्म ‘प्रोजेक्ट के’लाई लिएर जुन खबर आएको छ त्यसले तनाव बढ्न सक्छ । ‘आदिपुरुष’मा राम बनेका प्रभासले दर्शकलाई प्रभावित तुल्याउन सकेनन् । उनको अर्को फिल्म ‘प्रोजेक्ट के’को स्क्रिप्ट लिक भएको छ, जसअनुसार प्रभास यो फिल्ममा भगवान विष्णुको अवतारमा देखिनेछन् ।

प्रभासले सबै पक्षबाट अत्यन्तै नकारात्मक अभियानको बाबजुद ‘आदिपुरुष’मा आफ्नो क्षमता चाहिं देखाएका छन् । उनका आगामी दुई फिल्ममा सबैको नजर छ । ‘प्रोजेक्ट के’बाट नाग अश्विनले के गर्दैछन् भन्नेमा निकै उत्साह छ । अब यसको कथाबारे केही संकेत प्राप्त भएको छ ।

सार्वजनिक भएअनुसार ‘प्रोजेक्ट के’को कथा ‘मार्भल फिल्मको रेखामा विज्ञान–कथा, काल्पनिक, अलौकिक र एक्सन जस्तै छ । यो दुष्टमाथि असलको विजयको सरल कथा हो । तर यसलाई अर्कै ट्वीस्ट दिन नाग अश्विनले कथामा काल्पनिकता थपेका छन् ।

हिन्दू पौराणिक कथा अनुसार भगवान विष्णुले दुष्टताको नाश गर्नका लागि एक युगमा अवतार लिने गर्छन् । प्रभासले यो फिल्ममा उक्त युगका भगवान विष्णुका अवतार हुन् । यो अवतार एक आधुनिक नायक हो, जसले आधुनिक हतियारको साथ यस युगका खलनायकसँग लड्छ । यो मूलतः आधुनिक समयको विष्णु अवतार हो । पक्कै पनि आजको भन्दा धेरै उन्नत प्रविधिमा भगवानको पहुँच त्यहाँ हुनेछ । फिल्मको कथानुसार उनले कसरी खलनायक (कमल हसन) बाट संसारलाई बचाउँछन् भन्नेबारेको कथा यसमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?