+
+

गण्डकी खेलकुद परिषद्ले खेल कार्यक्रममा खादा तथा दोसल्ला प्रयोग ‘निरुत्साहन’ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १४:०६

१८ असार, पोखरा । गण्डकी खेलकुद परिषद्ले प्रदेशमा हुने खेल प्रतियोगिता तथा कार्यक्रममा खादा, दोसल्लाको प्रयोग निरुत्साहन गर्ने भएको छ ।

परिषद्ले सोमबार प्रदेशभरका जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गर्दै खेल प्रतियोगिता तथा कार्यक्रममा खादा, दोसल्ला प्रयोग कम गर्न निर्देशन दिएको हो ।

परिषद्का सदस्य सचिव श्रीधर शर्माले परिषद्को शनिबार खेलकुदमन्त्री सुशिला सिम्खडाको अध्यक्षतामा बसेको बैठकले परिषद् र जिल्ला खेलकुद विकास समितिको आर्थिक सहयोगमा हुने जुनसुकै कार्यक्रममा पनि खादा तथा दोसल्ला निरुत्साहन गर्ने निर्णय भएकाले सोही निर्णय भएको पत्रमार्फत जानकारी दिएका छन् ।

साथै, जिल्ला विकास समिति अन्तर्गत रहेका खेल संस्थालाई पनि परिषद्को निर्णय लागू गर्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?