+
+

परिसंघका नवनिर्वाचित पदाधिकारीलाई महासंघले दियो बधाई, सहकार्यमा जोड

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते १४:१७

१८ असार, काठमाडौं । निजी क्षेत्रको हकहितका लागि दुवै पक्षबीच सहकार्य गरेर अघि बढ्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच सहमत भएका छन् ।

परिसंघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार बधाई एवम् शुभकामना दिन महासंघले आयोजना गरेको कार्यक्रममा दुवैपक्षबीच यस्तो सहमति भएको हो ।

निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि दुवै संस्था एकआपसमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा महासंघले जोड दिएको थियो ।

कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई बधाई दिंदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेको हुँदा सहकार्य आवश्यक रहेको बताए ।

‘हामीले विगतमा पनि सहकार्य गरेर सुखद् नतिजा ल्याउन सफल भएका थियौं र अब पनि यसलाई निरन्तरता दिनुपर्छ,’ भेटमा अध्यक्ष ढकालले भने ।

महासंघ, परिसंघ र नेपाल चेम्बर अफ कमर्स विहीबार संयुक्त रुपमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव पेश गर्दैछ । यसले सकारात्मक सन्देश दिने ढकालले बताए ।

यसैगरी परिसंघका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाका समितिहरु बीच पनि सहकार्य आवश्यक रहेकोमा जोड दिए । ९ असारमा अग्रवालको अध्यक्षतामा परिसंघको नयाँ कार्यसमिति चयन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?