+
+

अमेरिकामा फिल्म छायांकनका क्रममा शाहरुख खान घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १४:४५
फाइल तस्वीर

काठमाडौं । शाहरुख खान पछिल्लो केही दिनदेखि अमेरिकाको लस एन्जलसमा आफ्नो आगामी फिल्मको छायांकन गरिरहेका थिए । सुटिङका क्रममा दुर्घटना हुँदा उनी घाइते भएका छन् । उनको नाक र अनुहारमा गहिरो चोट लागेको छ । दुर्घटनापछि रक्तस्राव रोक्नको लागि अमेरिकामै सानो शल्यक्रिया गरिएको थियो ।

इ–टाइम्सको रिपोर्टअनुसार उनको स्वास्थ्यमा केही सुधार आएपछि उनलाई मुम्बई फर्काइएको छ । लस एन्जलसमा भइरहेको एक प्रोजेक्टको छायांकन गर्दा चोट लागेपछि उनको नाकबाट रगत बगेको जनाइएको छ । रगत बग्न थालेपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो । चिकित्सकले उनको स्वास्थ्यलाई चिन्ता नलिन आग्रह गरेका छन् । तर माइनर सर्जरी गर्नुपर्ने सल्लाह उनीहरुको थियो ।

३१ वर्ष लामो करिअरमा शाहरुख सुटिङका क्रममा धेरैचोटि घाइते भएका छन् । २०१७ मा रईसको सुटिङका क्रममा उनको घुँडा र अनुहारमा चोट लागेको थियो, त्यसपछि उनको सानो शल्यक्रिया गर्नुपरेको थियो । सन् २०१३ मा फिल्म चेन्नई एक्सप्रेसको सुटिङ सकिएपछि उनले आठवटा शल्यक्रिया गरेका थिए । सन् २००९ मा पनि उनको बायाँ काँधमा चोट लागेपछि शल्यक्रिया गरिएको थियो ।

यो वर्षको सबैभन्दा ठूलो ओपनर फिल्म पठान दिएपछि शाहरुख खानका तीन ठूला फिल्म २०२३ मा मात्रै रिलिज हुनेछन् । जसमा जवान, डंकी रहेका छन् । योसँगै सलमान खानको टाइगर ३ मा शाहरुख खानको केमियो पनि हुन लागेको छ । चलचित्र जवानको छायांकन सकिएको छ, जसको पोस्ट प्रोडक्सन चलिरहेको छ । फिल्म सेप्टेम्बर ७ मा हिन्दी, तमिल, तेलुगू भाषामा विश्वभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?