+
+

अष्ट्रेलिया पुगेर प्रेम सम्बन्ध स्वीकार्दै आकाशले भने- म अब सिंगल छैन

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १४:३२

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ यतिबेला अष्ट्रेलिया घुमघाममा छन् । त्यहाँ रहँदा उनले एक नेपाली शैक्षिक परामर्शदाता संस्थाले आयोजना गरेको विद्यार्थीसँगको अन्तरक्रियामा भाग लिए । यो कार्यक्रममा उनले केही विद्यार्थीसँग पनि प्रश्नोत्तर गरेका छन् । टिकटकमा सार्वजनिक भिडियो हेर्दा यो कन्भर्सेसन निकै रमाइलो पनि देखिन्छ ।

हार्वर इन्टरनेसनल कलेजको उक्त कार्यक्रममा आकाशलाई विद्यार्थीले केही जिज्ञासा राखे । आकाशले पनि रमाइलो पारामा विद्यार्थीसँग भलाकुसारी गरेका छन् । सोही अवसरमा एक विदेशी विद्यार्थीले आकाशलाई

‘आर यु सिंगल,’ भनेर प्रश्न सोधिन् । ‘म त नेपाली बुझ्दिन तर एउटा प्रश्न सोध्छु । के तपाईं सिंगल हुनुहुन्छ ?’ ती विद्यार्थीको यस्तो रोचक प्रश्नमा आकाश केहीबेर अक्मकिए ।

उनले सोल्टै सोधे, ‘के तपाईं पनि सिंगल हुनुहुन्छ ? उमेर कति भयो ?’ ती विद्यार्थीले पनि आफू सिंगल रहेको र उमेर २५ वर्ष भएको बताएकी छन् । त्यसपछि आकाशले आफू भने सिंगल नरहेको जवाफ दिए । ‘आई एम नट सिंगल एनिमोर,’ उनले भने, ‘म मेरो व्यक्तिसँग प्रतिबद्ध छु । लोयल भएर भनिरहेको छु । म सिंगल छैन ।’

पहिलोपटक आकाशले आफ्नो रिलेसनसिप स्टाटसबारे कार्यक्रममा यसरी बोलेका हुन् । नेपालमा रहँदा उनी निजी जीवनबारेका प्रश्नबाट पन्छिने गर्थे । तर अष्ट्रेलिया पुगेर उनले रिलेसनसिप स्टाटसबारे खुलाएका हुन् । तर कोसँग रिलेसनसिपमा छु भनेर उनले खुलाएका छैनन् । उनको नाम अभिनेत्री तथा मोडल करुणा श्रेष्ठसँग जोडिएको छ । करुणा र आकाश दुवैले सार्वजनिक रुपमा नखुलाए पनि प्रेममा रहेको संकेत चाहिं गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?