+
+

ट्वीटरलाई टक्कर दिन फेसबुकले थ्रेड्स ल्याउँदै, बिहीबार सार्वजनिक हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १४:४६

२० असार, काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले बिहिबार ट्वीटरको प्रतिस्पर्धी एप सार्वजनिक गर्दैछ । थ्रेड्स नामक उक्त एप इन्स्टाग्रामसँग आबद्ध भएको हुनेछ र एप स्टोरमा डाउनलोडका लागि प्रि-अर्डरका लागि उपलब्ध भइसकेको छ ।

मेटाले थ्रेड्स एप एउटा टेक्स्टमा आधारित संवाद एप भएको जनाएको छ । स्क्रिनग्रयाब्सले सार्वजनिक गरेको स्क्रिनसटमा थ्रेड्सको ड्यासबोर्ड पनि ट्वीटरको जस्तै देखिएको छ ।

ट्वीटरको प्रतिस्पर्धीको रुपमा थ्रेड्स एप ल्याउने मेटाको कदमलाई पछिल्लो समय मार्क जुकरबर्ग र एलन मस्कबीचको प्रतिद्धन्दिताको पछिल्लो कडीको रुपमा लिइएको छ ।

स्मरण रहोस् पछिल्लो महिना यी दुईबीच कुस्ती खेल्ने सहमति भएको थियो, यद्यपि उनीहरु दुबैजनाले साँच्चीकै गम्भीर भएर कुस्ती खेल्ने हुन् वा होइनन् त्यो भने खुलेको छैन ।

थ्रेड्स एप सार्वजनिक भएको विषयमा पनि मस्कले कटाक्ष गरेका छन् र यो एपबाट पनि मेटाले प्रयोगकर्ताका सबै डाटा संकलन गरेर प्रयोग गर्ने आरोप सांकेतिक रुपमा लगाएका छन् ।

उता ट्वीटरले भने ट्वीटर प्रयोगकर्ताका डाटाहरु अन्य पक्षले प्राप्त गर्नबाट रोक्नका लागि अनेक उपाय अपनाइरहेका छन् । पछिल्लो पटक उनले दैनिक ८ सय सम्ममात्रै ट्वीट पढ्न सकिने नियम लागू गर्ने घोषणा गरेका छन् ।

उता मेटाको थ्रेड्स एप निशुल्क हुने र प्रयोगकर्ताले हेर्न सक्ने पोस्टहरुको संख्यामा पनि कुनै बन्देज नहुने प्रष्ट छ । एप स्टोरमा थ्रेड्सका बारेमा दिइएको जानकारीमा भनिएको छ,’ आज के कुराको चासो छ र भोलि के कुरा चर्चामा आउने छ भन्ने लगायत मानिसहरुले गर्ने छलफलमा थ्रेड्स रहनेछ ।’

पछिल्लो समयमा डोनाल्ड ट्रम्पको ट्रुथ सोसल देखि मास्टोडन र ब्लू स्काई लगायतका विभिन्न सोसल मिडिया प्लाटफर्महरु ट्वीटरको प्रतिस्पर्धीको रुपमा अगाडि आएका छन् । तर ती कुनैले पनि ट्वीटरसँग प्रभावकारी प्रतिस्पर्धा गर्न नसकेको अवस्थामा मेटाले ल्याएको थ्रेड्स एपले भने ट्वीटरलाई टक्कर दिने अनुमान गरिएको छ ।

स्मरण रहोस् मेटाको रील्सले टिकटकलाई राम्रो टक्कर दिइरहेको छ भने फेसबुक स्टोरीज स्नापच्याट जस्तै रहेको छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?