+
+

पूर्णबहादुर अनुपस्थित भएपछि कांग्रेसको नीति महाधिवेशनको मितिमा छलफल हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १६:०८

२० असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पार्टीका शीर्ष नेताको बैठकमा उपस्थित हुन नसक्दा नीति महाधिवेशनको मितिबारे छलफल हुन सकेन ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र नीति महाधिवेशनको मितिका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीलाई धुम्बाराही निवासमा डाकेका थिए । बैठकले केन्द्रीय समितिको बैठक २७ असारबाट बोलाउने निर्णय गरेको छ ।

बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे पनि थप छलफल हुन सकेन । उपसभापति खड्काले अस्वस्थताका कारणले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको एक नेताले बताए ।

अस्वस्थताकै कारणले भनेर पार्टीका नेताहरुको बैठकमा नगएका उपसभापति खड्का दिउँसो बसेको संसद बैठकमा भने उपस्थित भएका छन् ।

उपसभापति नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख हुने विधानको व्यवस्था छ । सोही अनुरुप सभापति देउवाले उपसभापति खड्कालाई उक्त पदमा मनोनित गरेका थिए ।

नीति महाधिवेशनको सम्पूर्ण तयारी गर्ने जिम्मेवारी प्राप्त निकायको प्रमुख रहेका खड्का बैठकमा उपस्थित हुन नसकेपछि त्यस विषयमा छलफल नभएको सहभागी एक नेताले जानकारी दिए । खड्का उपस्थित भएको भए आज नै नीति महाधिवेशनको मिति छलफल गर्ने र केन्द्रीय समितिबाट पारित गर्ने तयारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?