+
+

कन्सर्टअघि नै १ बिलियन डलर आम्दानी गर्दै टेलर स्वीफ्टले राखिन् कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १७:४३

काठमाडौं । गायिका टेलर स्वीफ्ट विश्वमै सर्वाधिक कमाउने मनोरञ्जनकर्ता हुन् । यस्तो देखिंदैछ कि उनको इरास टुर विश्व इतिहासमै सर्वाधिक कमाउने कन्सर्ट पनि बन्दैछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कन्सर्ट सुरु हुनुअघि नै यो टुरले एक बिलियन अमेरिकी डलर कमाएको छ । यो कमाइ कन्सर्टको पहिलो कीर्तिमानी कमाइ भएको जनाइएको छ ।

पपस्टारको एक रिपोर्टअनुसार स्वीफ्टको यो इरास टुर इतिहासमै पहिलोपटक बिलियन डलर कमाउने कन्सर्ट समेत बनेको छ । वालस्ट्रिट जर्नलका अनुसार कुल ४० गीतलाई समेटेर हुन लागेको इरास टुरले कमाइमा यसअघि गायक एल्टन जोनको बिदाइका लागि आयोजित फेयरवेल कन्सर्टको कमाइलाई समेत उछिन्ने पक्का छ ।

गत डिसेम्बरमा बिलबोर्डले स्वीफ्टको ५२ वटा कन्सर्टबाट ५९० मिलियन डलर कमाइ हुने प्रक्षेपण गरेको थियो । तर २०२४ सम्म ल्याटिन अमेरिका, एसिया, अष्ट्रेलिया र युरोपमा हालसालै थपिएका कन्सर्टसँगै यस टुरमा कम्तीमा १०६ वटा कन्सर्ट तय छन् । यो हिसाबअनुसार कन्सर्टको अहिलेसम्मको कुल कमाइ एक बिलियन डलर नाघेको जनाइएको छ ।

कन्सर्टको तथ्यांक ट्रयाक गर्ने एजेन्सी पोलस्टारका अनुसार कुल कमाइ १.४ बिलियन डलर पुग्न सक्छ । यसअघि एल्टन जोनको कन्सर्टको कुल कमाइ ८५३ मिलियन डलर थियो । २०१७-२०१९ सम्म चलेको एट सिरनको द डिभाइन टुरमा ७७६ मिलियन डलर कमाइ भएको थियो । युटु ब्याण्डको ७३६ मिलियन, गन्स एन्ड रोजेज ५८४ मिलियन, रोलिङ स्टोन्सले कन्सर्टबाट ५५८ मिलियन डलर कमाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?