+
+

काठमाडौंमा सुरु भयो कांग्रेस जिल्ला सभापतिहरुको भेला

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १३:०७
तस्वीर : आर्यन धिमाल

२१ असार, काठमाडौं । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला काठमाडौंमा सुरु भएको छ । भेलामा कांग्रेसको जिल्ला कार्यसमितिका सभापतिहरु सहभागी भएका छन् ।

सभापतिहरुलाई स्वागत गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केन्द्रीय सरकार, ६ वटा प्रदेश सरकार र ३२९ वटा स्थानीय सरकारको नेतृत्वमा कांग्रेस रहेकाले काम गरेर देखाउनुपर्ने बताए । उनले उपनिर्वाचनको परिणामबाट निराश र अलमलमा पर्न नहुने पनि बताए ।

महामन्त्री शर्माले दशैं अघि नै पार्टीको नीति महाधिवेशन गर्ने तयारी भइरहेको पनि बताए । २७ असारदेखि बस्ने केन्द्रीय कार्यसमिति बैठकले नीति महाधिवेशनको निर्णय गर्ने भन्दै उनले केन्द्रीय समिति बैठकअघि भएको जिल्ला सभापतिको भेला अर्थपूर्ण हुने बताए ।

तस्वीरहरू : आर्यन धिमाल/ अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?