+
+

एसईईका विद्यार्थीले गरे कलेज भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १३:२३

२१ असार, काठमाडौं । एसईईको नतिजा प्रकाशन समय नजिकिएसँगै विद्यार्थीलाई कुन कलेजमा भर्ना हुने र कुन विषय छनोट गर्ने कुराले उल्झनमा छन् । यही उल्झनलाई चिर्नको लागि भक्तपुरको निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्टिच्युटले भक्तपुरका कलेज तथा माध्यमिक विद्यालयको भ्रमण गराएका छन् ।

भ्रमणमा आदर्श आजाद कलेज, बासु कलेज, वागीश्वरी कलेज, शारदा कलेज, ख्वप कलेज तथा माध्यमिक विद्यालयको भ्रमण गरिएको हो ।

जसमा एसईई दिई प्राविधिक शिक्षा तालिम लिईरहेका छात्रछात्रा २१० जनाको सहभागिता भएको निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्टिच्युटका बालकृष्ण बनमालाले बताए । उनले भक्तपुरमा नै कुनकुन विषयको कुन कलेजमा कुनकुन विषययको अध्ययन हुन्छ भन्ने जानकारी हँदैन अहिलेको विद्यार्थीलाई, उनी भन्छन् । त्यहि भएर भ्रमण गराएको हो ।

जसमा यदि मानविकी, शिक्षा, प्राविधिक शिक्षाका लागि ख्वप, वागीश्वरी, बासु कलेजमा राम्रो मानिन्छ भने । व्यवस्थापन, कानुन, मानविकी, शिक्षा संकायका लागि आर्दश आजाद, शारदा माध्यमिक राम्रो व्यवस्थापन गरिएको जनाए ।

साथै उनले भक्तपुरका शिक्षण संस्थामा अन्य ठाउँका भन्दा कम शुल्क र गुणस्तरीय शिक्षा दिँदै आएको बनमालाको भनाइ छ ।

साथै भक्तपुरका शैक्षिक संस्थाले शिक्षामा व्यापारीकरण गर्न नहुने, नाफा भन्दा सेवामुखी हुनुपर्नेमा जोड दिदैं सम्पूर्ण छ । युवा लक्षित शैक्षिक व्यवस्थापन तथा रोजगारी व्यवस्थापन गरी युवालाई स्वदेशमा राखी देश विकास गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?