 
																			२१ असार, काठमाडौं । सहकारी विभागले असार मसान्तमा पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गर्नेलाई कर्जा पुर्नतालिकीकरण गर्नसक्ने छुट दिएको छ । विभागले बिहीबार एक सूचना प्रकाशित गर्दै भुक्तानी गर्न बाँकी रहेको सावाँलाई ३ महिनाको अवधिका लागि पुनर्तालिकीकरणको व्यवस्था गर्न सकिने व्यवस्था गरेको हो ।
ऋणी सदस्यहरुमा परेको प्रभाव मूल्याङ्कन गरी सदस्यको मागका आधारमा गत आर्थिक वर्षमा खराव ऋणीको सूचीमा नपरेका तथा गत आबमा कर्जा पूर्नतालिकीकरणको सुविधा नलिएका ऋणीहरुलाई मात्तै उक्त सुविधा दिनसक्ने व्यवस्था गरेको हो ।
विश्व अर्थतन्त्रसँगै नेपालको वित्तीय क्षेत्रमा परेको असरका कारण सहकारीका सदस्यहरूको नियमित आय अवरुद्ध भएर सहकारी संघ र संस्थाहरुको व्यवसाय समेत प्रभावित भएको हुदा सदस्यहरूको वित्तीय कारोबारलाई सहज बनाई सहकारी क्षेत्रको पुनःउत्थान गर्नका लागि विगभाले सहजीकरण गर्दै उक्त सूचना जारी गरेको जनाएको छ ।
यस्तै आर्थिक वर्ष २०७९/८० को व्याज १५ साउन २०८० भित्रमा भुक्तानी प्राप्त भएमा आर्थिक वर्ष २०७९/८० को आयको रुपमा गणना गर्ने छुट सुविधा प्रदान गर्ने विभागले जनाएको छ । विभागले सहकारी संघ र संस्थाले आफ्ना सदस्यहरूसँग नियमित समन्वय र सम्पर्क गर्दै सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यहरूको विश्वास आर्जनमा केन्द्रित हुन समेत निर्देशन दिएको छ ।
साथै वित्तीय साक्षरता कार्यक्रम सञ्चालनमा जोड दिँदै संघ र संस्थाको वचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी वनाउने विभागले निर्देशन दिएको हो ।
कृषि उत्पादन तथा सेवासँग जोडिएका सहकारी संघ र संस्थाले कृषि उत्पादन वृद्धि , सामुहिक खेती प्रवर्द्धन, सदस्यहरूको उत्पादनको बजारीकरण गरी सदस्यहरूलाई कृषिको व्यवसायीकरण गर्न प्रेरित विभागले निर्देशन दिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4