+
+

गठबन्धनलाई ओलीको जवाफ : चुनौती स्वीकार छ, ठाउँ तोकेर बोलाए हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १५:२३

२२ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षको चुनौती स्वीकार गर्ने बताएका छन् ।

गत सोमबार एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ । सत्ता गठबन्धनले भने राजीनामा माग्ने एमालेको कदम नै असंवैधानिक भएको ठहर गरेको छ र, संसद फेस गर्ने निर्णय गरेको छ ।

शुक्रबार स्ववियू काउन्सिलको बैठकमा एमाले अध्यक्ष ओलीले सत्ता पक्षले वार्ता सम्वाद गर्नुको साटो संसदमा सामना गर्छौं भनेको बताए । ‘हिजो बिहान गठबन्धनको बैठक बस्यो र उनीहरूले मसल देखाएर आह्वान गरे पार्लियामेन्टमै भेटौंला आऊ’ उनले भने, ‘अब प्रतिपक्षले त के गर्ने ? भेटौंला भनेपछि ठीक छ ।’

उनले अगाडि थपे, ‘प्रतिपक्षको तर्फबाट म मसिनो स्वरमा नम्रताका साथ भन्न चाहन्छु, पार्लियामेन्टमा मात्र होइन, जहाँ भन्छ त्यहाँ हामी तयार छौं । स्पट तोकेर बोलाए हुन्छ ।’

हालै स्ववियू चुनावमा उनीहरूको गठबन्धनलाई उत्तानो पारेको मात्र होइन, तीन पल्ट ड्याप, ड्याप, ड्याप ठोकेको भन्दै ओलीले फेरि पनि चुनौती स्वीकार गर्ने बताए ।

सरकारले उन्मादको भाषा बोलेको र अहंकारी व्यवहार देखाएको उनको आरोप छ । ‘सरकार संविधान विपरीतको व्यवहार गर्न चाहन्छ, धम्कीको भाषामा देशलाई लतारेर मानसिक दासतामा दबोच्न चाहन्छ’ ओलीले भने, ‘यो स्वाभिमानी देश तयार छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?