+
+

हिंसाको छायामा पेरिस फेसन सप्ताह सुरु, पहिरनमा चम्किए सेलिब्रिटी (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १७:२६

काठमाडौं । तपाईं फेसन क्यालेन्डरमा रुचि राख्नुहुन्छ भने यतिबेला पेरिसमा विश्वकै प्रतिष्ठितमध्येको फेसन शो चलिरहेको छ । गोली लागेर बालकको मृत्युपछि भड्किएको पाँच दिन लामो हिंसाको पृष्ठभूमिमा फ्रान्सेली राजधानीले यतिबेला पेरिस फेसन सप्ताह आयोजना गरिरहेको छ ।

विश्वचर्चित संगीतज्ञ, अभिनेता र सुपरमोडल फेसन सेलिब्रेसन गर्न पेरिसमा भेला भएका छन् । अमेरिकी र्‍यापस्टार कार्डी बी, गायिका क्यामिला काबेलो, अभिनेत्री माइसी विलिम्यस यो फेसन शोका केही ठूला नाम हुन् । तस्वीरमा यी सेलिब्रिटीलाई उनीहरुको फेसन अवतारमा देख्न सकिन्छ ।

तर गम्भीर नागरिक अशान्तिपछि अति धनीहरूका लागि भौतिकवादी प्रदर्शन मानिने फेसन शोलाई लिएर केही असहजता भने पक्कै छ । कतिपयले क्याटवाक शो र ककटेल पार्टी रद्द हुनुपर्छ भन्ने आवाज उठाएका थिए । तर यी आलोचनाको बाबजुद पेरिस फेसन सप्ताह निर्धारित मितिमै सुरु भयो ।

तर हिंसाको असर पछिल्लो समय निकै कम भएको देखिन्छ । क्लो जस्ता केही ब्रान्डले सप्ताहन्तमा पार्टी रद्द गरे तर प्रमुखमध्येको एक फेसन लेवल सेलिनले भने दंगाको कारण आफ्नो शोहरु पूर्ण रुपमा स्थगित गर्‍यो ।

अमेरिकी र्‍यापर कार्डी बीले २०२३-२४ को फल-विन्टरको लागि डिजाइन गरिएका पहिरन सार्वजनिक गरेकी थिइन् । इन्स्टाग्राममा आफ्नो पोशाकको तस्वीर पोस्ट गर्दै उनले शोलाई ‘सुन्दर’ भनेर प्रशंसा गरेकी छन् । ‘उनीहरूसँग सधैं एउटा अचम्मको शो हुन्छ त्यसैले नयाँ के छ ?’ उनले भग म्यागजिनलाई बताइन्, ‘यसले मलाई कहिल्यै आश्चर्य तुल्याउँदैन ।’

तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?