+
+

नेपालका ललित धिमाललाई अन्तर्राष्ट्रिय शारीरिक प्रतियोगितामा स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते २०:५३

२२ असार, काठमाडौं । माल्दिभ्सको मालेमा जारी १३औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका ललित धिमालले ७५ के.जी. तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

उक्त प्रतियोगितामा भारतका खेलाडी दोस्रो, चौथो तथा पाँचौं भएका थिए भने अफगानिस्तानका खेलाडी तेस्रो भए ।

असार २४ गतेसम्ममा हुने प्रतियोगितामा भोलि शनिबार उनले ओभरअल च्याम्पियन मि. दक्षिण एशियाको उपाधिको लागि फेरि प्रतिस्पर्धा गर्नेछन् ।

उपाध्यक्ष वकिल मान तुलाधर उदासको नेतृत्वमा ३ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेका थिए ।

दिनेश श्रेष्ठले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरिरहेकाे व्यहोरा संघका सचिव दिनेश राजभण्डारीले जनाएका छन् ।

स्मरणरहोस शारीरिक सुगठनका अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता खेलाडी ललित धिमालले हालै काठमाडौंमा भएको हिमालय शारीरिक सुगठन प्रतियोगितमा ओभरअल विजेता भई ५ लाख २५ हजार नगद पुरस्कार समेत जित्न सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?