+
+

कोशी सरकारमा माओवादी सहभागी, सपथ आज

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते ९:०८

२४ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । आज माओवादी केन्द्र र नेपाली कांग्रेसबाट एक-एक जना मन्त्री नियुक्त गरेर मुख्यमन्त्री थापाले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक-एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन । माओवादी केन्द्र आज सरकारमा सहभागी हुँदैछ ।

माओवादीबाट प्रदेश सांसद जीवन आचार्य आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त हुँदैछन् । उनले आज बिहान साढे ९ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

यसअघि नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा आचार्य पर्यटन मन्त्री थिए । आचार्य माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डका कान्छा ज्वाइँ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?