+
+
Shares

अमेरिकाको लस एन्जल्समा ‘नेपाल महोत्सव’

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १३:०१

यूएसए । अमेरिकाको क्यालिफोर्नियाको लस एन्जल्स सहरमा ‘नेपाल महोत्सव’ आयोजना गरिएको छ ।

आयोजक संस्था ‘हामी नेपाली ग्लोवल’का अनुसार लस एन्जल्स सहरमा बसोवास गर्ने नेपाली समुदायले नेपाल महोत्सव आयोजना गरेका हुन् ।

लस एन्जल्स, क्यालिफोर्निया प्रवासमा नेपाल र नेपाली संस्कृतिलाई चिनाउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा उल्लेख्यरूपमा प्रवासी नेपालीहरुको सहभागिता रहेको थियो ।

नेपाली पहिचान झल्किने गरी विविध वेषभूषा तथा संस्कृति झल्किने पोशाकमा १९ माइल परेड गरिएको आयोजक संस्था हामी नेपाली ग्लोबलका उपाध्यक्ष टेक वाइवा लामाले जानकारी दिए ।

उपाध्यक्ष लामाका अनुसार नेपाल डे परेड कार्यक्रममा लोक तथा पञ्चे बाजा, कुमारी, राधाकृष्ण, पञ्चकन्या, लाखे तथा नेपाली परिकारको रुपमा म:म: तथा चाउमिन प्रमुख आकर्षणको रुपमा रहेका थिए ।

कार्यक्रममा लस एन्जल्स शहरका अतिरिक्त आसपासका क्षेत्रबाट पनि नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको आयोजक संस्था हामी नेपाली ग्लोबलले जनाएको छ ।

कार्यक्रममा नेपालको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल झल्किने विभिन्न फोटो पनि प्रर्दशन गरिएको थियो ।

यो अमेरिकामा नेपाल चिनाउने कार्यक्रम भएको र नेपाल महोत्सव कार्यक्रमपछि नेपालको पर्यटन प्रवर्द्धन भई नेपाली उत्पादनको विश्व बजारीकरण गर्नमा टेवा पुग्ने क्यालिफोर्निया स्थित नेपाली समुदायले अपेक्षा गरेको छ।

नेपाली ग्लोबल संस्थालाई नेपाल सरकारले स्वीकृति दिएको हुनाले विभिन्न देशमा नेपाल फेस्टिजभल आयोजना गर्न लागेको संस्थाका उपाध्यक्ष लामाले भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?