+
+

मनास्लु र आईएसलाई बास्केटबल उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १६:५१

२२ असार, काठमाडौं । मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु ब्वाइज तथा आईएस गर्ल्समा च्याम्पियन बने ।

बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई २०–१७ ले पराजित गर्‍यो ।

गर्ल्सतर्फ आईएसले आयोजकको बोर्न टु हुपलाई १६–७ ले हरायो । ब्वाइज र गर्ल्स दुवैमा पहिलो हुनेले २० हजार तथा दोश्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गरे ।

ब्वाइजमा मनास्लुका कोशिस भुजेल तथा गर्ल्स आईएसएकी सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले ५-५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव एवं गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिलवाल र गोल्डेनगेटका प्रिन्सिपल रोहितबहादुर पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

तीनदिने प्रतियोगिताको ब्वाइजमा २२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविन लिगका आधारमा भएको गर्ल्सको प्रतिस्पर्धामा ४ टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?