+
+

प्रचण्डले लगाएको गम्भीर आरोप फिर्ता लिनुपर्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १६:५५

२४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माओवादी केन्द्रले लगाएको आरोप फिर्ता लिनुपर्ने बताएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संसदको अवरोध खुलाउने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिने विषयमा एमालेसँग सहमति भएको थियो । तर उक्त सहमति कार्यान्वयन हुन सकेन ।

संसद भवन परिसरमा पत्रकारहरुसित कुरा गर्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीका कारण सदन चल्न नसकेको बताए ।

‘तपाईंहरु (राजीनामाको मागबाट) ब्याक हुनुभएको हो’ भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने, ‘भएको थियो । उहाँ (प्रधानमन्त्री) ले हामीमाथि गम्भीर आरोप लगाउनुभएको छ । त्यो फिर्ता लिनुभएको छैन । त्यो गम्भीर कायम राखेर हामीले सहमति गर्ने कुरा भएन ।’

के थियो आरोप भन्ने प्रश्नमा उनले ‘२१ गतेको स्टेटमेन्ट पढ्न’ सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?