+
+

शुक्रबार नेपालमा चार फिल्म, पुनः रिलिज हुँदै दयाहाङको ‘बिहेपास’

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १३:५९

काठमाडौं । आगामी शुक्रबार हलमा चार फिल्म रिलिज हुँदैछन् । नेपाली फिल्म ‘बगान’ र हलिउड फिल्म ‘मिसन इम्पोसिबल ७’ त भइहाले । रिलिजको सूचीमा दुई अन्य फिल्म पनि थपिएका छन् । जसमा अंग्रेजी फिल्म ‘रेसिडेन्ट एभिल : डेथ आइल्याण्ड’ र यसअघि रिलिज भइसकेको दयाहाङ राई स्टारर ‘बिहेपास’ ।

एकैसाथ चार फिल्म रिलिज हुँदा दर्शक बाँडिन्छन् । के यी फिल्मले सुख्खा देखिएको बक्स अफिसलाई चलायमान बनाउन योगदान गर्लान् भन्ने चासो सबैतिर छ । यस्तोमा गत वैशाख १ गते प्रदर्शनमा आएको दयाहाङ र प्रकृति श्रेष्ठको ‘बिहेपास’लाई प्रदर्शन गर्ने निर्णय मल्टिप्लेक्सले गरेका छन् ।

क्यूएफएक्ससहितका मल्टिप्लेक्सले बिहेपासलाई प्रदर्शन तयारीमा रहेको भन्दै वेबसाइटमा मंगलबार प्रकाशित गरेका छन् । वितरक रोहित कट्टेलले यतिबेला हलमा नयाँ नेपाली फिल्म पनि नभएकाले हल सञ्चालककै आग्रहमा फिल्मलाई पुनः प्रदर्शन गर्न लागिएको जनाए । यसअघि वैशाख १ मा दयाहाङकै अर्को फिल्म ‘जारी’सँग जुध्दा यसले राम्रो कमाइ गर्न सकेको थिएन ।

गत साता चितवन पर्सास्थित एक हलमा फिल्म देखाउँदा दुई सातासम्म दर्शकको उपस्थिति राम्रो देखिएकाले पुनः प्रदर्शन गर्न लागिएको वितरकले जनाएका छन् । अघिल्लो रिलिजमा हेर्न छुटेका दर्शकलाई लक्षित गरी पुनः प्रदर्शन गर्न लागिएको उल्लेख छ ।

शुक्रबार टम क्रुज स्टारर मिसन इम्पोसिबल ७ ले राम्रो ओपनिङ गर्न सक्ने प्रक्षेपण गरिएको छ भने अर्को नेपाली फिल्म ‘बगान’ पनि सामाजिक कथावस्तु रुचाउने दर्शकमाझ चर्चित छ । एनिमेटेड र हरर फिल्म रुचाउने दर्शकमाझ ‘रेसिडेन्ट एभिल : डेथ आइल्याण्ड’ रुचिकर हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?