+
+

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र र केयूबीच प्राज्ञिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते २०:०१

२६ असार, काठमाडौं । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र, धुलिखेल काभ्रे र काठमाडौं विश्वविद्यालय (केयू)बीच प्राज्ञिक तथा शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने सम्झौता भएको छ ।

मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगतको भूमि व्यवस्थापन प्रशिक्षक केन्द्र, धुलिखेल र केयूबीच विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको केयूले जनाएको छ ।

डिप्लोमा इन जियोम्इाटिक्स इन्जिनियरिङ, मास्टर इन ल्यान्ड एड्मिनिस्ट्रेसन र मास्टर अफ साइन्स वा मास्टर अफ इन्जिनियरिङ इन जियोइन्फर्मेटिक्स, नापनक्सा, भूमि व्यवस्थापन वा सोसँग सम्बन्धित विषयमा विद्यावारिधीका लागि भर्ना लिने सहमति भएको छ ।

सम्झौता अनुसार विश्वविद्यालयले प्रति ब्याच डिप्लोमा इन जियोम्याटिक्स इन्जिनियरिङमा २४ जना, ब्याचलर अफ इन्जिनियरिङ जियोम्इाटिक्स इन्जिनियरिङमा ६० जना, मास्टर इन ल्यान्ड एडमिनिस्ट्रिेसन तथा मास्टर अफ इन्जिनियरिङ इन जियोइन्फर्मेटिक्समा १०÷१० जना, नापनक्सा, भूमि व्यवस्थापन वा सोसँग सम्बन्धित विषयमा विद्यावारिधीका लागि १/१ जना विद्यार्थी भर्ना लिनेछ ।

नेपालमा नापनक्सा तथा (भौगोलिक) सूचना प्रविधिमा भइरहेको दु्रतदर विकासबाट सिर्जित अवसरलाई भूमि र भूमिस्रोतको दीगो उपयोग र व्यवस्थापनबाट राष्ट्रको आर्थिक, सामाजिक र भौतिक पूर्वाधार विकासमा योगदान पुर्‍याउन देशमा नापनक्सा, भौगोलिक सूचना, भूमि व्यवस्थापन र यस सम्बन्धी अध्ययन अनुसन्धानको क्षेत्रमा दक्ष प्राविधिक एवं प्राज्ञिक जनशक्तिको आवश्यकता पूरा गर्न सम्झौता भएको केयूले जनाएको छ ।

सम्झौता भए अनुसारको शैक्षिक कार्यक्रमका सैद्धान्तिक र अभ्यास कक्षा सञ्चालनको लागि विश्वविद्यालयले अभ्यास कक्षा सञ्चालनको लागि कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, इन्टरनेट, फिल्डकार्य, प्रोजेक्ट कार्य सञ्चालन गर्न आवश्यक यन्त्र उपकरणको व्यवस्था गर्नेछ । तर कोर्ष सञ्चालनका लागि विश्वविद्यालयमा कुनै यन्त्र, उपकरण उपलब्ध नभई सो यन्त्र उपकरण आवश्यक पर्ने भएमा केन्द्रसँग भाडामा लिई प्रयोग गर्नसक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?