+
+
WC Series
विराटनगर किंग्स 2025
2/0 (0.2)
VS
११८ बलमा १३३ रन आवश्यक
लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

काठमाडौं विश्वविद्यालयका ८२ जना शिक्षक तथा कर्मचारी सम्मानित

कपिल कोइराला कपिल कोइराला
२०८२ मंसिर २५ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं विश्वविद्यालयको ३४औं वार्षिक उत्सवमा ८२ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ।
  • विश्वविद्यालयले २०७६ मंसिरदेखि सेवा निवृत भएका २२ जना र २५ वर्ष सेवा गरिरहेका ६० जनालाई कदरपत्र र सम्मान पत्र प्रदान गरेको छ।
  • उपकुलपति अच्युत वाग्लेले आवश्यक जनशक्ती स्वदेशमा नपाएको र कर्मचारी नियुक्तिमा योग्य दरखास्त नआएको बताउनुभयो।

२५ मंसिर, काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालयको ३४औं वार्षिक उत्सवको अवसरमा विश्वविद्यालयका ८२ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ ।

वार्षिक उत्सवको अवसरमा २०७६ मंसिरदेखि हालसम्म विश्वविद्यालयबाट सेवा निवृत भएका २२ जना शिक्षक तथा कर्मचारीलाई कदरपत्र प्रदान गरिएको छ ।

त्यस्तै विश्वविद्यालयमा २५ वर्ष निरन्तर हालसम्म सेवा गरिरहेका ६० जना शिक्षक तथा कर्मचारीलाई मायाको चिनो सहित  सम्मान गरिएको काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत वाग्लेले बताए ।

काठमाडौं विश्वविद्यालयको ७५८ कार्यपरिषद्‌को बैठकले दुई विधामा कदर पत्र र सम्मान पत्र प्रदान गर्ने कार्यलाई निरन्तरता दिने भनेर निर्णय भए बमोजिम यसलाई आगामी दिनहरूमा पनि निरन्तर दिइने काठमाडौं विश्वविद्यालयका उपकुलपति वाग्लेले बताए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा अच्युत वाग्लेले आवश्यक जनशक्ती स्वदेशमा पाउन नसकेको बताएका छन् ।

विश्वविद्यालयमा आवश्यक कर्मचारी नियुक्तिका लागि ३२ जनाले परीक्षा दिदाँ पनि उपयुक्त व्यक्ती छनोट गर्न नसकेकोमा दुःख व्यक्त गरे ।

‘एउटै पदका लागि पटक– पटक विज्ञापन निकाल्नु परेको उदाहरणले संस्थागत दक्षता प्रति प्रश्न उठाएको छ ।

योग्य दरखास्त नआएपछि मागअनुसार पदपूर्ति गर्न कठिनाई हुनु अहिलेको समस्या रहेको छ,’ उपकुलपति वाग्लेले भने, ‘विभिन्न स्थानीय नेतृत्व र चिनजानका व्यक्तिबाट दबाब पर्ने प्रचलन अझै पनि कायम छ ।’

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?