+
+

‘नाङ्गो गाउँ’को पोस्टरमा राजनीतिक पृष्ठभूमि

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १६:०३

काठमाडौं । भदौ २९ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक फिल्मको पोष्टरलाई राजनीतिक पृष्ठभूमिमा तयार पारिएको छ । हिमाल शर्माको प्रस्तुति रहेको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् ।

फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । राम श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म र साम्राज्ञी शाहको मुख्य भूमिका छ । फिल्मको पोस्टरमा मुख्य कलाकारका साथै शिशिर बाङ्देल, बुद्धि तामाङ, विशाल पहारी र रविन्द्र झा चित्रित छन् ।

फिल्ममा राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय हेर्न सकिन्छ । बनिश शाहको सम्पादन रहेको फिल्ममा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन छ । राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई फिल्मले प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?