+
+

स्टुडियोसँग हलिउड कलाकारको वार्ता असफल, शुक्रबारदेखि हड्तालमा उत्रिने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १६:१५
फाइल तस्वीर

काठमाडौं । स्टुडियो र स्ट्रिमिङ कम्पनीसँग हलिउड कलाकारको बहुप्रतीक्षित वार्ता असफल भएको छ । वार्ता निष्कर्षविहिन भएसँगै हलिउडका एक लाख ६० हजारभन्दा बढी फिल्म र टेलिभिजन कलाकार शुक्रबारदेखि हड्तालमा उत्रिने भएका छन् । सीएनएनका अनुसार सन् १९८० पछि पहिलोपटक कलाकार हड्तालमा उत्रिन लागेका हुन् ।

कलाकारको छाता संस्थाले सम्झौताका लागि बुधबार मध्यरातसम्मको समयसीमा दिएका थिए । तर वार्ता निष्कर्षविहिन भएपछि कलाकार आन्दोलनमा उत्रिने पक्का भएको हो । कलाकारको छाता संस्था साग र आफ्ट्राका अध्यक्ष फ्रान डेचरले विज्ञप्ति जारी गर्दै वार्तामा कलाकारप्रति स्टुडियो व्यवस्थापकको व्यवहार निन्दनीय र अपमानजनक भएको बताएका छन् ।

‘कम्पनीले अर्थपूर्ण रुपमा केही विषयमा संलग्न हुन अस्वीकार गरेका छन् । अरु केही विषयमा पनि उनीहरु सहमत हुन सकेनन्,’ उनले भने, ‘जबसम्म उनीहरुले राम्रो विश्वासका साथ वार्ता गर्दैनन्, तबसम्म हामी सम्झौतामा पुग्न सक्दैनौं ।’ युनियनले यसको वार्ता समितिले सर्वसम्मत रुपमा हड्तालको सिफारिस गरेको जनाएको छ ।

हड्तालको औपचारिक घोषणा गर्नका लागि लस एन्जलसस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । युनियनका ९८ प्रतिशत सदस्यले हड्तालमा जानुपर्ने पक्षमा मतदान गरेका छन् । स्टुडियो र स्ट्रिमिङ सेवाहरूको प्रतिनिधित्व गर्ने निकायले हड्ताल गर्ने निर्णयमा ‘गहिरो निराशा’ भएको उल्लेख गरेको छ । उसले कलाकारलाई तलब वृद्धिको प्रस्ताव गरेको जनाएको छ ।

‘वार्तालाई जारी राख्नुको सट्टा ती कलाकार संघसंस्थाले हजारौंको आर्थिक अवस्थालाई अझै कठिन बनाउने बाटोमा हिंडेका छन्,’ मोशन पिक्चर र टेलिभिजन निर्माताहरूको संस्थाले विज्ञप्तिमा भनेका छन् । हलिउड कलाकारले अब राइटर्स गिल्ड अफ अमेरिकाका ११ हजारभन्दा बढी सदस्यहरुसँग सहकार्य गर्नेछन्, जो मेको सुरुदेखि नै एउटै स्टुडियोहरू विरुद्ध हड्तालमा छन् ।

कलाकारहरु पारिश्रमिक वृद्धि गर्नुपर्ने र कृत्रिम बौद्धिकता (एआई)लाई नियमन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?