+
+

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालकको मृत्युपछि तनाव

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १७:४२

२८ असार, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक बालकको मुत्यु भएपछि तनाव उत्पन्न भएको छ । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही उपमहानगरपालिका-३ का ११ वर्षका आक्रोश नेपालीको मृत्यु भएको थियो ।

बालकको बिहीबार बिहान भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए । डीएसपी गौतमका अनुसार मंगलबार साँझ छारे रोग लागेका बालकलाई राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा ल्याइएको थियो ।

थप चेकजाँचका लागि उनलाई बुधबार एमआरआई कक्षमा लगिएको थियो । सो क्रममा एमएआरआई कक्षको ढोका खुल्दा अक्सिजन मेसिनमा ठोक्किन पुगेको प्रहरीको भनाइ छ ।

त्यसपछि सिकिस्त भएका बालकलाई आईसीयू र भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहानमात्र भेन्टिलेटरमा बालकको मृत्यु भएपछि चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए ।

घटनापछि मृतकका आफन्तले दिउँसो नाराबाजी गर्दै प्रतिष्ठान घेराउ गरेका छन् । आफन्तले भने एमआरआई कक्षमा धातुजन्य वस्तु लैजान नमिल्ने भए पनि अक्सिजनको सिलिण्डर एमआरआई कक्षमा लैजानु डाक्टरको लापरवाही भएको बताएका छन् ।

प्रतिष्ठानले घटनाबारे केही बताएको छैन । यस विषयमा अहिले दुई पक्षको बैठक बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?