+
+

नेपालमा ‘सिल्क रोडस्टर’ फोरम

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १४:०८

२८ असार, काठमाडौं । चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ परियोजनाले (बीआरआई) १० वर्ष पूरा गरेको छ । यही अवसरमा चीनले नेपालमा ‘सिल्क रोडस्टर’ भन्ने नयाँ फोरम स्थापना गर्दै सिल्क रोड यात्रा, सिल्क रोड सशक्तिकरण, सिल्क रोड आनन्द, सिल्क रोड उज्यालोपदेश र सिल्क रोड समृद्धिलाई अघि बढाउने प्रतिवद्धता जनाएको छ ।

चीन र दक्षिण पूर्वी एशिया तथा दक्षिण एशियाका राष्ट्रहरुबीच व्यवहारिक समन्वय गर्न यो फोरम महत्वपूर्ण हुने चीनको दाबी छ ।

यो अभियानमा सहभागी हुन काठमाडौं आइपुगेको चिनियाँ टोलीसहित बिहीबार भक्तपुरमा ‘सिल्क रोडस्टर : जोइन द राइड फर बेटर फ्युचर’ कार्यक्रम भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेससहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल मजदूर किसान पाटीका प्रतिनिधिहरु पनि सहभागी भएका थिए ।
कार्यक्रममा आइडीसीपीसीका काउन्सेलर डु शियालिनले सिल्क रोडस्टरले नेपाली समुदायलाई सहयोग गरिरहने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?