+
+
इमर्जिङ टिम्स एसिया कप क्रिकेट :

पाकिस्तान ए विरुद्ध ब्याटिङ गरेको नेपाललाई सुरुवाती झड्का

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १०:४१
फाइल तस्वीर ।

२९ असार, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध पहिला ब्याटिङ थालेको छ । तर नेपालका दुबै ओपनर सस्तैमा आउट भएका छन् ।

ओपनर मोहमद शेख १२ र कुशल भुर्तेल १ रन बनाउँदै आउट भएका छन् ।

भुर्तेल टिमको स्कोर १४ रन हुँदा सहबाज धानीको बलमा बोल्ड भएका हुन् । शेख पनि धानीकै बलमा मोहमद तयबको हातबाट क्याच भए ।

साविक विजेता समेत रहेको पाकिस्तान ए सिनियर टिमबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा मैदान उत्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?