+
+

न्यू डायमन्ड पुलिससँग पराजित भएपछि महिला भलिबलमा एपीएफ फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १२:४८

२९ असार, काठमाडौं । सातौं प्रधानमन्त्री एनभीए महिल तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लिग चरणको अन्तिम खेलमा न्यू डायमन्ड क्लब नेपाल पुलिससँग सोझो सेटमा पराजित हुँदा अंक तालिकामा दोस्रो हुँदै एपीएफ क्लब फाइनल प्रवेश गरेको छ ।

न्यू डायमन्ड पुलिससँग २५-२०, २५-१४ र २५- १७ को सोझो सेटमा पराजित भएको हो । यो नतिजासँगै दुई विभागीय टिमको फाइनलमा भेट भएको हो ।

पहिलो सेट केहि प्रतिस्पर्धात्मक भए पनि दोस्रो र तेस्रो सेटमा पुलिस खेलमा हाबी हुँदै खेल सोझो सेटमा सकेको हो ।

यसअघि नै फाइनलमा पुगिसकेको पुलिस भने लिग चरणमा अविजित रह्यो । पुलिस ५ खेलमा १५ अंक सहित शीर्षमा रहेको छ ।

एपीएफ समान ५ खेलमा ४ जितर १ हारसहित ११ अंकको साथमा फाइनल पुगेको हो । न्यू डायमन्ड भने ५ खेलमा ३ जित र २ हारसहित ८ अंकको साथमा समूह चरणमा नै सिमित बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?