+
+

चितवनको रत्ननगरमा कक्षा ११ र १२ बिहान पढाउन नपाइने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १४:४८

२९, असार, चितवन । चितवनको रत्ननगर नगरपालिकाले नगर क्षेत्र भित्र ११ र १२ का कक्षा बिहानी समयमा सञ्चालन गर्न रोक लगाएको छ ।

नगर शिक्षा अधिकारी बद्रीनारायण शर्माले एक सूचना जारी गर्दै कक्षा ११ मा बिहानी सत्रमा भर्ना नलिन र पठनपाठनसमेत नगर्न भनेका छन् ।

नगर क्षेत्र भित्रका कुनै पनि विद्यालयलाई कक्षा ११ बिहानमा सञ्चालन गर्न अनुमतिसमेत नदिइएको सूचनामा उल्लेख छ । नगरपालिकाले विद्यालय सञ्चालन भएको दिनमा विद्यालय समय अनिवार्य रुपमा ६ घण्टा हुनुपर्ने उल्लेख गरेको छ ।

बिहानी कक्षा सञ्चालन गर्ने विद्यालयले अनिवार्य रुपमा ६ घण्टा कक्षा सञ्चालन गर्नुपर्नेमा नगराएको पाइएकोले बिहानी कार्यक्रम हटाइएको नगर प्रमुख प्रलाद सापकोटाले जानकारी दिए । उनले भने, ‘विद्यालयले ६ घण्टा पढाउनुपर्ने पढाएनन्, गुणस्तर पनि कायम भएन, दोहोरो तलब खाने प्रवृत्ति पनि देखियो ।’

उनले दिउँसोमा कक्षा सञ्चालन भए विद्यार्थीमाथि पनि अनावश्यक दबाब नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?