+
+

सांसद गैरेको प्रश्न : आत्महत्यालाई प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १५:०७

२९ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद ठाकुर गैरेले स्वास्थ्य तथा जनस‌ंख्या मन्त्री मोहनबहादुर बस्नेतले आत्महत्यालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आत्महत्यालाई प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ कि मिल्दैन भनी प्रश्न गरेका छन् ।

कर्मचारीहरुले अपायक ठाउँमा सरुवा हुँदा समस्या भएको भनी गुनासो गर्दा स्वास्थ्य मन्त्रीले आत्महत्यालाई प्रोत्साहन गर्ने किसिमले जवाफ फर्काएको गैरले दाबी गरे ।

‘यस्तो अभिव्यक्ति गर्ने मान्छे मन्त्री भइरहन मिल्छ कि मिल्दैन ?’ उनी थप्छन्, ‘आत्महत्यालाई प्रोत्साहन गर्ने तरिका अत्यन्त दुखद छ । म यसतर्फ सदनमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरुवाका पत्र बुझ्न नमान्ने र सरुवा भए आत्महत्या गर्छु भन्ने एक जना कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिन भनेको बताएका थिए ।

मन्त्रीको त्यो भनाइलाई लिएर आलोचना भइरहेको छ ।

तर स्वास्थ्य मन्त्रालयले भने मन्त्रीले प्रशासनिक सुधारको काम गरिरहेको भन्दै त्यो अभियानलाई आत्महत्याजस्तो संवेदनशील विषयसँग जोडेर आलोचना हुने गरेको भन्दै  त्यसरी नजोड्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?