+
+

आईएमडीबीको सूचीमा फिल्मतर्फ ‘पठान’ र सिरिजतर्फ शाहिदको ‘फर्जी’ शीर्षस्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १७:१०

काठमाडौं । विश्व फिल्मको सूचक मानिने आईएमडीबीले सन् २०२३ को सबैभन्दा लोकप्रिय भारतीय फिल्म र वेब सिरिजको सूची जारी गरेको छ । सूचीको शीर्षस्थानमा शाहरुख खानको फिल्म ‘पठान’ छ । दोस्रो स्थानमा सलमान खानको फिल्म ‘किसी का भाइ किसी की जान’ छ । ‘द केरला स्टोरी’ तेस्रो स्थानमा छ भने रणवीर कपुर अभिनित ‘तू झुठी मैं मक्कर’ चौथो स्थानमा छ ।

वेब सिरिजको कुरा गर्दा शाहिद कपूरको ‘फर्जी’ पहिलो स्थानमा छ । आदित्य रोय कपुर र अनिल कपुरको सिरिज ‘द नाइट म्यानेजर’ दोस्रो स्थानमा छ । राणा नायडू र जुबली तेस्रो र चौथो नम्बरमा छन् ।

शाहरुख खानको ‘पठान’ले यस वर्ष कमाइका सबै रेकर्ड तोडेको छ । फिल्मले विश्वभरबाट एक हजार करोड भारुभन्दा बढी कमाइ गरेको थियो । पक्कै पनि फिल्मलाई आईएमडीबीमा धेरै खोजिएको थियो ।

सलमान खानको फिल्म ‘किसी का भाइ किसी की जान’ बक्स अफिसमा फ्लप साबित भएको भए पनि मानिसले फिल्मलाई आईएमडीबीमा धेरै खोजेका छन् । ‘द केरला स्टोरी’ यो वर्षको सबैभन्दा कमाइ गर्ने फिल्म बनेको छ । ब्लकबस्टर हुनुका साथै फिल्मले आईएमडीबीमा पनि सफलताको छाप छोडेको छ ।

शाहिद कपुरको स्टारडम पछिल्लो समय चम्किरहेको छ । उनको फिल्म ‘ब्लडी ड्याडी’ पनि यो सूचीमा छ । उनी अभिनित सिरिज ‘फर्जी’ले सबैभन्दा लोकप्रिय भारतीय वेब सिरिजको उपाधि हासिल गरेको छ । आदित्य रोय कपुर र अनिल कपुरको ‘द नाइट म्यानेजर’लाई पनि आइएमडीबीमा धेरै खोजिएको छ । राणा दग्गुबाती र वेंकटेशको सिरिज राणा नायडू पनि सूचीको शीर्ष–३ मा परेको छ ।

आईएमडीबीको पेज भ्युज र प्रयोगकर्ताले दिएको रेटिङका आधारमा फिल्मको सूची निर्धारण गरिन्छ । प्रयोगकर्ताले आफ्नो हिसाबले १० अंकको बीचमा रेटिङ दिन्छन् । यस हिसाबले आईएमडीबीले रेटिङ सार्वजनिक गर्छ । आईएमडीबीको पूरा रुप ‘इन्टरनेट मुभी डेटावेस’ हो । यसबाहेक धेरै प्रयोगकर्ताले आईएमडीबीको साइटमा गएर फिल्म खोज्छन् । यसको एक अलग सूची बनाइन्छ । यसलाई सबैभन्दा लोकप्रिय श्रेणीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?