+
+

नेपाली एनिमेटेड फिल्म ‘सलीना’को पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १७:४२

काठमाडौं । नेपाली एनिमेटेड फिचर फिल्म ‘सलीना : योद्धा राजकुमारी’को पोस्टर सार्वजनिक भएको छ । समाजमा प्रचलित राजकुमारीको लोककथालाई आधार बनाएर निर्माण गरिएको यो नेपालकै पहिलो एनिमेटेड फिल्म हो ।

६ वर्ष लगाएर रेनमेकर एनिमेसन एकेडेमीले फिल्म निर्माण गरेको निर्देशक तेजसराज जोशीले जानकारी दिए । फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन । निर्देशक जोशीका अनुसार यसै वर्ष ‘सलीना’लाई नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा रिलिज गरिने जनाइएको छ ।

शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेको फिल्ममा सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर ग्राफिक कलाकारका रुपमा छन् । यसमा कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वरांकन गरेका छन् ।

फिल्मको निर्माता तेजसराज जोशी र श्रुति श्रेष्ठ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?