+
+

एशियाली खेलकुदको तयारीका लागि भारत जाने टेबलटेनिस खेलाडीको विदाइ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते १९:१४

२९ असार, काठमाडौं । चीनमा आयोजना हुने १९औें एशियाली खेलकुदको तयारी स्वरुप नेपालको टेबलटेनिस खेलाडीले भारतको नोएडामा प्रशिक्षण गर्ने भएको छ ।

आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउ शहरमा नेपालको २९ खेलमध्ये टेबल टेनिसको टोलीले पनि चुनौती प्रस्तुत गर्दैछन् ।

सोही एशियाली खेलकुदको तयारीका लागि नेपालको टेबल टेनिस टोलीले भारतमा दुई महिने प्रशिक्षण गर्ने भएको हो । महिला र पुरूषतर्फ नेपालका शीर्ष तीन वरीयताका खेलाडीले आगामी जुलाई १८ देखि १९ औं एसियाडका लागि तयारी गर्दैछन् ।

महिलामा नविना श्रेष्ठ, सिका सुवाल र इभाना थापा तथा पुरुषमा संयोग कपाली र विलास श्रेष्ठ छन् ।

यी खेलाडी एसियाडमा सात विधामा नेपालको बाट चुनौती प्रश्तुत गर्नेछन्। भारतमा वैदेशिक प्रशिक्षणमा जान लागेका नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले शुक्रवार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिदाइ गरेका थिए ।

नेपाली टोलीको प्रशिक्षणमा सञ्जीव ढुंगेल, सन्ध्या साक्य तथा टिम म्यानेजर धर्ममान वज्राचार्य छन् । सोही कार्यक्रममा कतारको दोहामा आगामी जुलाई १७ देखि २२ सम्म आयोजना हुने एशियन युथ टेबल टेनिस च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने टोली टोलीको बिदाइ गरिएको थियो ।

उक्त च्याम्पियनसिपमा नेपालले पुरुष र महिलाको सिंगल्स, डबल्स, मिक्स र टिम इभेन्ट प्रतिष्पर्धा गर्ने राष्ट्रिय टोलीकी प्रशिक्षक सन्ध्या शाक्यले जानकारी दिइन् ।

पुरुषमा पूजन गडाल, विशाल गोले, गनन्जय दाहाल तथा महिलामा शुभश्री श्रेष्ठ र सुस्मिता खड्का छन् । मोहनदास बासुकलाको प्रशिक्षणमा रहने उक्त टोलीलाई पनि सोहीकार्यक्रममको अवसरमा बिदाई गरिएको थियो ।

शुक्रवार नै आयोजित उक्त कार्यक्रममा दक्षिण एसियाली युथ च्याम्पियनसिपमा पदक विजेता नेपाली टोलीलाई समान नगद १० हजार रुपैयाँले सम्मान गरिएको थियो।

भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा गत वैशाख ३१ देखि जेठ ४ सम्म आयोजित प्रतियोगितामा नेपाली टोलीले यु-१९ ब्वाइज टिममा एक स्वर्ण, एक यु-१५ गर्ल्स डबल्समा रजत र अन्य विधामा ६ कांस्य पदक जितेका थिए । उनीहरूलाई पनि राखेप सदस्यसचिव घिसिङ र संघका अध्यक्ष राजवैद्यले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?