+
+

ललितपुर मेयर कप टेबल टेनिस मंसिर १२ देखि

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १७:१२

१० मंसिर, काठमाडौं ।  ललितपुरमा मंसिर १२ देखि १६ गतेसम्म पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिताको हुने भएको छ । प्रतियोगिताका खेलहरु वडा नम्बर ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा सञ्चालन हुनेछ ।

नेपालमा रातको समयमा टेबल टेनिस प्रतियोगिता हुन लागेको पहिलो पटक भएको आयोजकको दाबी छ । यो प्रतियोगिता ललितपुर महानगरपालिका- ११, ललितपुर जिल्ला टेबल टेनिस संघ, खोल्चा पाखु खेलकुद उपसमिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा हुन लागेको हो । प्रतियोगिता खुल्ला स्थानमा टेन्ट भित्र गराईनेछ ।

प्रतियोगितामा  पुरुष एकल खुल्ला, पुरुष एकल, पुरुष डबल्स, महिला एकल, पुरुष टिम ए, पुरुष टिम बी, जुनियर ब्वाइज/गर्ल्स सिंगल (यु १२), यु-१६ जुनियर ब्वाइज/गर्ल्स (कक्षा १० भन्दा कम), भेट्रान महिला/पुरुष एकल (४० वर्ष भन्दामाथि), भेट्रान पुरुष एकल ५० र ६० वर्ष भन्दामाथि तथा स्थानीय एकल (खोल्चा पुखु उपसमिति) विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा महिला/ पुरुष एकलमा पहिलो, दोस्रो र सेमिफाइनल पुग्नेलाई नगद पुरस्कारको व्यवस्था गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा पुरस्कारका लागि ३ लाख ५० हजार  रुपैयाँ छुट्याइएको छ । प्रतियोगिता सञ्चालनका लागि २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

हरेक वर्ष पुरस्कार राशी बढाउँदै लैजाने प्रतियोगिता मूल समारोह समितिका संयोजक नदिम रत्न शाक्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?