+
+

आठौँ कृष्णध्वज स्मृति टेबल टेनिस फागुन १३ देखि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १६:२२

७ फागुन, काठमाडौं । रेड टायल्सको आयोजनामा आठौँ कृष्णध्वज स्मृति टेबल टेनिस प्रतियोगिता फागुन १३ देखि हुने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गतको प्रतियोगिता फागुन १३देखि १५ सम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रतियोगितामा देशभरका विद्यालय तथा कलेजबाट २५० खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा विद्यालय तर्फ यु-१० ब्वाइज / गर्ल्स सिंगल्स, यु-१२ ब्वाइज सिंगल्स/ गर्ल्स सिंगल्स, यु-१४ ब्वाइज/ गर्ल्स सिंगल्स, यु- १६ ब्वाइज / गर्ल्स सिंगल्स गरेर आठ स्पर्धा समावेश छन् ।

यसैगरी कलेजतर्फ ब्वाइज/ गर्ल्स सिंगल गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय (सेमिफाइनलमा पराजित दुवै) खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक रेड टायल्सका अध्यक्ष सुरज केसीले जानकारी दिए ।

स्कुल स्तरका खेलाडीलाइ फोकस गर्दै सुरु भएको यस प्रतियोगिता ७ वर्षपछि फेरि सुरु हुन लागेको हो ।यस प्रतियोगिताबाट खएका अजय सुवाल, दिप साउन, श्यान्टु श्रेष्ठ जस्ता खेलाडी राष्ट्रिय अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

यस प्रतियोगिता विशुद्ध युवा खेलाडीहरुलाई नै केन्द्रित गरेर आयोजना गरिएको अध्यक्ष सुरज केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?