+
+

विद्यार्थीलाई सारंगी सिकाउने अभियानमा ‘प्रोजेक्ट सारंगी’

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते ११:५३

काठमाडौं । प्रोजेक्ट सारंगी फाउन्डेसनले ‘सूर्य नेपाल गाथा, सारंगीको कथा’ परियोजना सञ्चालन गरेको छ । सूर्य नेपाल प्रालिको व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत सञ्चालित परियोजना काठमाडौं उपत्यकाभित्रका सात पालिकासँगको समन्वयमा त्यहाँ रहेका सातवटा सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको फाउन्डेसनका अध्यक्ष किरण नेपालीले जानकारी दिए ।

जसअन्तर्गत ललितपुरका ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, भक्तपुरका मध्यपुर थिमि, चाँगुनारायण, सूर्यविनायक र काठमाडौंको दक्षिणकाली नगरपालिकामा रहेको एक-एक सामुदायिक विद्यालयका ७० जना विद्यार्थीलाई सारंगी बजाउन सिकाउन नि:शुल्क तालिमको व्यस्था गरिएको सारंगीवादक समेत रहेका अध्यक्ष नेपालीले बताए ।

‘नयाँ पुस्तालाई सारंगीको महत्व बुझाउँदै यसको जगेर्ना र प्रवर्द्धन गर्नु यो परियोजनाको लक्ष्य हो । हामीले नि:शुल्क तालिम दिएका ७० जना विद्यार्थीहरुले भदौ २० गते पाटन संग्रहालयमा हुने कार्यक्रममा आ-आफ्नो प्रस्तुति दिनेछन्,’ उनले भने ।

प्रोजेक्ट सारंगीले शनिबार ललितपुरको सिद्धिपुरमा स्थानीय ब्याण्डसँगको सहकार्यमा कार्यक्रम गरेको छ । स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीय नेवार संस्कृतिसँगै सारंगीको प्रस्तुति गरिएको थियो । यो परियोजनाले स्थानीय समुदायलाई सारंगी र मौलिक बाजाप्रतिको मोह प्रदान गर्ने विश्वास रहेको नेपालीले बताए ।

‘सूर्य नेपाल गाथा, सारंगीको कथा’ परियोजना अन्तर्गत यसअघि चाँगुनारायणको चाँगु मन्दिर, दक्षिणकालीको फर्पिङ, मध्यपुर थिमिको दुई पुखु, सूर्यविनायकको डोलेश्वर मन्दिरमा कार्यक्रम भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?