+
+

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक, तीन खेलाडी परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १६:४१

३१ असार, काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो मैत्रीपुर्ण खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । ढाकामा हुने खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले यसअघिको टिममा ३ खेलाडी परिवर्तन गरेका छन् ।

पहिलो खेलमा सुरुवाती ११ मा स्थान बनाएका मिडफिल्डर त्रय रेनुका नगरकोटे, प्रिती राई र अमिसा कार्कीलाई आजको खेलमा विश्राम दिइएको छ । उनीहरुको स्थानमा फरवार्ड रश्मी कुमारी घिसिङ र अनिता बस्नेत तथा मिडफिल्डमा अनिता केसीले सुरुवाती रोजाइमा स्थान बनाएका छन् ।

बंगलादेशविरुद्ध आक्रमणमा सावित्रा भण्डारीलाई रश्मी कुमारी घिसिङ र अनिता बस्नेतले साथ दिनेछन् ।

मिडफिल्डमा सरु लिम्बु, दिपा शाही र अनिता केसी रहनेछन् । डिफेन्समा मुख्य प्रशिक्षकले पहिलो खेलका खेलाडीलाई नै निरन्तरता दिएका छन् । डिफेन्समा अमृता जैशी र समीक्षा घिमिरे छन् भने विमला विक र हिराकुमारी भुजेलले विंगब्याकमा खेल्नेछन् ।

दुई वटा मैत्रीपूर्ण खेल खेल्न ढाका गएको नेपालले पहिलो खेल १-१ को बराबरी खेलेको थियो ।

नेपालको सुरुवाती-११

फरवार्डः सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ र अनिता बस्नेत

मिडफिल्डरः सरु लिम्बु, दिपा शाही, अनिता केसी

डिफेन्डरः विमला विक, समिक्षा घिमिरे, अमृता जैसी, हिरा कुमारी भुजेल

गोलरक्षकः एञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान) ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?