+
+
Shares

आजदेखि नेसपाको संगठन विस्तार अभियान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते ७:२०

१ साउन, काठमाडौं । नेपाल समाजवादी पार्टीले आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सन्चालन गरेको छ ।

‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पुससम्म चल्ने अभियानको नेसपाका केन्द्रीय पदाधिकारीहरुले सातै प्रदेशमा वृक्षारोपण गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अभियानको कोशी प्रदेशमा उपाध्यक्ष हिसिला यमी, मधेस प्रदेशमा अध्यक्ष महिन्द्र राय यादव, बागमती प्रदेशमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष डाक्टर बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा सहअध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर शाह र सुदुरपश्चिम प्रदेशमा उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा अभियान सन्चालन हुनेछ ।

पार्टी अध्यक्ष डाक्टर भट्टराईले गोरखाको पालुङटार नपा १ खोप्लाङ ज्योती चौतारामा विभिन्न प्रजातिका बृक्षरोपण गरेर अभियानको सुरुआत गर्नेछन् ।

त्यस्तै कोशी प्रदेशमा आत्मनिर्भर अर्थतन्त्रको नारासहित मोरङ र सुनसरी जिल्लामा २ सय थान फलफूलको वृक्षारोपण गरेर अभियानको शुभारम्भ हुने प्रदेश इन्चार्ज भरत दाहालले जानकारी दिए ।

मधेस प्रदेशमा फूलको विरुवा रोपेर अभियान सन्चालन गर्ने नेसपा नेता प्रमोद यादवले जानकारी दिए ।

बागमती प्रदेशका १३ जिल्लामा प्रत्येक जिल्लामा एकहजार फलफूलसहित विभिन्न प्रजातिका बोटबिरुवा रोपेर अभियानको शुभारम्भ हुने प्रदेश अध्यक्ष बन्दना सुवेदीले जानकारी दिइन् ।

त्यसैगरि सुदूरपश्चिम प्रदेशका कैलाली जिल्लाको टीकापुर, भजनी र कैलालीमा व्यापकरुपमा वृक्षारोपण गरेर अभियानको शुभारम्भ हुने इन्चार्ज जनक शाहले जानकारी दिए ।

प्रदेशका कन्चनपुर, बैतडी, डडेलधुरा, अछाम, बाजुरा, बझाङका विभिन्न स्थानमा समेत बृक्षरोपण गरी अभियानको शुभारम्भ हुने शाहले जानकारी दिए ।

प्रत्येक जिल्लामा विभिन्न प्रजातिका १ हजार भन्दा बढी वृक्षारोपण गरिने लक्ष्य लिइएको नेसपाले जनाएको छ ।

अभियान सात वटा प्रदेशका सबै जिल्ला तथा केही आवश्यकता अनुसार पालिका तहमा समेत सन्चालन गरिने कार्यक्रम रहेको नेसपाले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?