+
+

हिजाब नलगाउनेलाई कारबाही गर्न ईरानी सडकमा फेरि प्रहरी परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १३:३१

१ साउन, काठमाडौं । इरानको प्रहरीले महिलाहरुलाई ड्रेस कोडको पालना गराउन भन्दै सडकमा निस्किएको छ ।

गस्त ए इरशाद नाम दिइएको नैतिक प्रहरीले हिजाबसम्बन्धी कानुनको पालना गराउने छ ।

१० महिनाअघि ड्रेस कोड पालना नगरेको आरोपमा पक्राउ परेकी महसा अमिनीको प्रहरी हिरासतमै मृत्यु भएपछि इरानमा व्यापक विरोध प्रदर्शन भएको थियो । त्यसपछि गस्त ए इरशादको कारबाही रोकिएको थियो ।

कट्टरपन्थी स्लामिक समूहले गस्त ए इरशादलाई सुरु गर्न माग गर्दै आएका बीबीसीले जनाएको छ ।

इरानको हिजाब सम्बन्धी कानुन अनुसार महिलाले सार्वजनिक ठाउँमा कपाल देखाउन पाउने छैनन् । उनीहरुले आफ्नो कपाल ढाक्नु पर्ने छ । शरीर पनि पूरै ढाक्ने कपडा लगाउन अनिवार्य छ । गस्त ए इरशादले यो नियम पालना गराउने छ र कपाल तथा शरीर देखिने कपडा लगाएका महिलालाई पक्राउ गर्ने छ ।

अमिनीको मृत्युपछि आन्दोलनमा उत्रिएका महिलाहरुले हिजाब बहिस्कार गरेका थिए । यो आन्दोलनका क्रममा ६०० जनाको मृत्यु भएको भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?