+
+

नयाँ हेयर स्टाइलमा गौरी मल्ल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १८:१२

काठमाडौं । कलाकार आफूलाई मनपर्ने गेटअप र हेयर स्टाइलमा देखा परिरहन्छन् । कोही छायांकन भइरहेको फिल्मको क्यारेक्टर लुक्समा हुन्छन् त कोही आफ्नो रुचिअनुसार फेसनलाई ढालिरहेका हुन्छन् । कोहीले शारीरिक परिस्थितिअनुसार पनि स्टाइललाई फलो गरिरहेका हुन्छन् ।

यसैबीच, अभिनेत्री गौरी मल्लको नयाँ हेयर स्टाइल सहरमा चर्चाको विषय बनिरहेको छ । केही दिनअघि एक ब्युटी सैलुनको उद्घाटनमा पहिलोपटक गौरी यस्तो क्रिउकट भनिने हेयर स्टाइलमा देखिएकी थिइन् । पहिलोपटक उनी यस्तो स्टाइलमा देखिएकी हुन् ।

यसबारे उनलाई जिज्ञासा राखिएको थियो । के तपाईंले कुनै फिल्म वा प्रोजेक्टको छायांकनका लागि कपाल कटाउनुभएको हो ? गौरीले क्यारेक्टर लुक्स नभएर यस्तो स्टाइलमा देखिने आफ्नो पहिलेदेखिकै रुचि भएकाले यस्तो हेयर-स्टाइल बनाएको बताइन् । ‘कुनै क्यारेक्टर लुक्स होइन । मेरो आफ्नै रुचि हो,’ उनले भनिन् ।

गौरीले पछिल्लो समय महापुरुष, सम्हालिन्छ कहिले मन र कठपुतली फिल्ममा अभिनय गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?