+
+

कांग्रेस वरिष्ठ नेतामा गोपालमानको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १३:४८

२ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको वरिष्ठ नेतामा दाबी गरेका छन् ।

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता तोकेका छैनन् । केन्द्रीय कार्यसमितिको बैठक अगाडि श्रेष्ठले आफूलाई वरिष्ठ नेता बनाउन दबाव बढाएका हुन् ।

बैठकको अघिल्लो दिन आइतबार देउवाले बोलाएको परामर्श बैठकमा पनि नेताहरुले श्रेष्ठको विषय उठाएका थिए ।

‘मभन्दा सिनियर अरु छैन । गिरिजाप्रसाद कोइराला सभापति भएको बेला उपसभापति र शेरबहादुर देउवा सभापति भएको बेला कार्यबाहक चलाएको हुँ’, श्रेष्ठले अनलाइनखबरसँग भने, ‘वरिष्ठ नेतामा मेरो स्वभाविक दाबी हो ।’

सभापति देउवाले अघिल्लो कार्याकालमै वरिष्ठ नेता बनाउने आश्वासन दिएपनि पूरा नभएको समेत उनको गुनासो छ । नेता श्रेष्ठले भने, ‘हिजो पनि साथीहरुले तत्काल तोक्नुस् भन्नुभएको हो, तर उहाँले केही दिन कुर्नुस् भन्नुभएको छ ।’

संस्थापन इतर समूहका नेताहरुले १४औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेर ४० प्रतिशत मत पाएका डा. शेखर कोइरालालाई वरिष्ठ नेता तोक्न मत राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?