+
+

पृथ्वीको तापक्रम कम गर्न २ प्रतिशत भागमा सेतो रङ पोत्ने !

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १८:१०

२ साउन, काठमाडौं । विश्व उष्णिकरण अर्थात् पृथ्वीमा बढिरहेको तापमान कसरी कम गर्न सकिन्छ भन्ने विषयमा वैज्ञानिकहरुले निरन्तर अध्ययन अनुसन्धान गरिरहेका छन् ।

यसैबीच उष्णकरण घटाउनका लागि एकजना वैज्ञानिकले अनौठो उपाय सुझाएका छन् । उनका अनुसार यदि संसारकै सबैभन्दा सेतो रङले पृथ्वीको १ देखि २ प्रतिशत सम्म भागलाई पोत्ने हो भने तापक्रमलाई उल्लेख्य मात्रामा घटाउन सकिन्छ । तर आखिर सबैभन्दा सेतो रङ के हो ? एकाध प्रतिशत भन्नाले दुनियाको कति भागमा सेतो पोत्नुपर्ने हो ? यो प्रश्न स्वभाविक रुपमा उठ्दछ ।

यद्यपि उष्णिकरणलाई रोक्नका लागि अनेकथरीका वैज्ञानिकहरुले अनेक खालका उपायहरु सुझाउने गरेका छन् । केही वैज्ञानिकहरुले यदि सूर्य र पृथ्वीको बीचको वातावरणमा धुवाँ वा बाफको पत्र तयार पार्नेहो भने सूर्यको प्रकाश अर्थात् घामको पूरै मात्रा पृथ्वीसम्म पुग्न नपाउने र यसले पृथ्वीको तापक्रम घटाउन सहयोग पुग्ने दाबी गरे ।

सोही अनुसार उनीहरुले धुवाँले भरिएका बेलुनहरु विभिन्न देशको आकाशमा फुटाउन पनि थालेका थिए । तर वैज्ञानिकहरुको ठूलो हिस्सा तथा अधिकांस देशहरु यस्तो खाले आइडियाको विरुद्धमा रहेपछि त्यो कार्यान्वयन हुन सकेन ।

सेतो रङले गर्मी घटाउने

वैज्ञानिकका अनुसार गर्मी कम गर्नका लागि प्राकृतिक तरिकाहरु अपनाउनुको साटो हामीले वायुमण्डलमा धुवाँधुलोको पत्र बनाउने जस्तो एक अर्को गल्ती गर्दै थियौँ । यसले भलै गर्मी त कम होला तर अन्य खालका समस्याहरु निम्तिन सक्दछन् । त्यसैले उनीहरुले एक अर्को नयाँ उपायका बारेमा विचार गरिरहेका छन् । उनीहरुका अनुसार यदि पृथ्वीको एउटा ठूलो हिस्सा, घर तथा भवनका छतहरु सेतो रंगले पोत्नेहो भने गर्मी घट्नेछ ।

पत्ता लाग्यो सबैभन्दा सेतो रङ

दुईवर्ष अगाडि अमेरिकाको पड्र्यु विश्वविद्यालयले यति विघ्न सेतो रङ बनाएको दाबी गर्यो कि सो रङलाई लगाउँदा कुनैपनि तातो सतह पनि चिसो बन्दछ । एसीएस अप्लाइड मटेरियल्स एण्ड इन्टरफेसेज नामक जर्नमा छापिएको रिपोर्ट अनुसार अन्य सबैजसो रङहरुले त्यसमा लाग्ने सतहलाई तताउने भएपनि सर्बाधिक सेतो उक्त रङले भने सतहलाई चिस्याउँदछ ।

तीव्ररुपमा घाम लागेको बेला जब सबै सतहहरु तातेका हुन्छन्, यो रङ पोतेको ठाउँ छुँदा चाहिँ चिसो महसुस हुन्छ ।

यदि सो रंगलाई घरको छतमा लगाउनेहो भने गर्मीयाममा पनि घरभित्र १० किलोवाटको कुलर बराबरको चिस्यान प्राप्त हुन्छ । यो भनेको अधिकांस एसी तथा कुलरभन्दा पनि चिसो हो ।

प्रकाश हुन्छ परावर्तन

यो रङ यतिधेरै सेतो छ कि यसमा ठोक्किने प्रकाशमध्ये करीब ९८ प्रतिशत त परावर्तन भएर जान्छ । यसको यहीँ गुणले गर्दा विश्व उष्णिकरणको क्षेत्रमा अनुसन्धानरत वैज्ञानिकहरुलाई नयाँ अवधारणा प्राप्त भयो ।

रिफ्लेक्टरको रुपमा काम गर्ने यो रङलाई घरको छतमा पोत्नाले घरभित्रको गर्मी कम हुने दाबी गरिएको छ ।

त्यसैले यदि यसलाई पृथ्वीको १ देखि २ प्रतिशत भागमा पोतियो भने त्यसले तातिरहेको पृथ्वीलाई चिस्याउनमा सहयोग गर्ने दाबी शोधकर्ताहरुको छ । जब त्यो भागमा सूर्यको प्रकाश तथा किरण पर्दछ तब त्यो परावर्तन भएर माथितर्फ नै फर्किन्छ ।

सेतो सतहमा ठोक्किँदै परावर्तन हुने उक्त ताप तथा प्रकाश अन्तरीक्षका लागि नितान्त रुपमा खतरनाक नरहेको वैज्ञानिकहरुको भनाई छ ।

पृथ्वीको कूल क्षेत्रफल १९ करोड ७० लाख वर्गमाइल छ र त्यसमध्ये अधिकांस पानीले ढाकेको छ । यस्तोमा यदि हामीले २० देखि ४० लाख वर्गमाइल सम्म मात्रै पनि सेतो रंगले पोत्न सकियो भने गर्मीलार्य घटाउन सकिन्छ । यो भनेको अमेरिकाको क्षेत्रफल जत्तिकै आकारको भाग हो ।

तर छन् व्यवहारिक समस्या

सबैभन्दा पहिलो समस्या भनेको कुनैपनि देशलाई यस्तो सेतो रंग पोत्नका लागि तयार गराउनु हो । धेरै देशहरुले षडयन्त्रको सिद्धान्त लगाएर यस्तोखाले योजना खारेज गर्नसक्ने जोखिम हुन्छ ।

अर्को समस्या चाहीँ पृथ्वीको त्यतिठूलो भागमा पोत्नका लागि चाहिने रङको परिमाण हो । एक अनुमान अनुसार केवल १ प्रतिशत हिस्सामा मात्रै रंग लगाउनको लागि समेत १ खर्ब ४० अर्ब ग्यालेन सेतो रङको आवश्यकता पर्दछ । त्यो सबैभन्दा सेतो रंग कति समयमा तयार हुन्छ, लागत के पर्दछ अनि कुनै देशले हालका लागि रकम बेहोर्छ भन्ने पनि खुलेको छैन ।

सेतो रङका कारहरु पनि पछिल्लो समय लोकप्रिय हुँदै गएका छन् किनकि कुनैपनि गाडीमा सेतो रङ पोतिएमा त्यसले गाडीको भित्रको तापक्रम ४२ डिग्री फरेनहाइटसम्मले कम हुनसक्छ । यसबाट एसीको आवश्यकता पर्नेछैन भने इन्धनको समेत बचत हुनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?