+
+

रासफोर्ड २०२८ सम्म म्यानचेष्टर युनाइटेडमै रहने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते ८:०२

३ साउन, काठमाडौं । इंग्लिस फरवार्ड मार्कुस रासफोर्डले म्यानचेस्टर युनाइटेडसँग लामो समयको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नयाँ सम्झौतापछि रासफोर्ड सन् २०२८ सम्म युनाइटेडमै रहने पक्का गरेका हुन् । जसमा उनले प्रत्येक हप्ता ३ लाख २५ हजार पाउण्ड पाउनेछन् ।

२५ वर्षी रासफोर्ड नयाँ सम्झौताको विषयमा युनाइटेडसँग छलफलमा थिए । उनको सम्झौता सन् २०२४ मा सकिंदै थियो ।

प्रशिक्षक इरिन टेन हगको नेतृत्वमा रासफार्डले युनाइटेडमा प्रभावकारी प्रदर्शन गर्दै गत सिजन ५६ खेलमा ३० गोल गरेका थिए ।

सन् २०१६ मा मिट्जिलान्डविरुद्ध डेब्यु गरेयता रासफोर्डले ३५९ खेलमा १२३ गोल गरेका छन् ।

‘मै एउटा सपना सहित ७ वर्षको उमेरमा युनाइटेड आएको थिए । सोही जोश, गर्व र प्रतिबद्धताले अझै मलाई अघि बढाइरहेको छ । यस क्लबको जर्सी लगाउन पाउनु गर्वको विषय हो,’ रासफोर्डले भनेका छन्,‘यस क्लबसँग मेरा केही अविश्वसनीय क्षण रहि सकेका छन् । तर अझै धेरै प्राप्ति गर्न बाँकी छ । आउने वर्षमा अझ धेरै उपाधि जित्नका लागि लगातार प्रतिबद्ध छु ।’

रासफोर्डका लागि फ्रान्सका पेरिस सेन्ट जर्मेनहसित युरोपका क्लबले चासो देखाएका थिए । तर उनले युनाइटेडमै आफ्नो प्रतिबद्धता देखाउँदै सम्झौता थप गरेका हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?