+
+

बालेनलाई करिश्माको कटाक्ष : ५० हजार जरिवाना गरेर ५ लाखको विज्ञापन गरिदिनुभयो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १३:३८

काठमाडौं । जथाभावी पोस्टर टाँसेको भन्दै काठमाडौं महानगरपालिकाले मंगलबार फिल्म ‘बगान’को निर्मातालाई ५० हजार रुपैयाँको जरिवाना गर्‍यो । त्यसरी पोस्टर टाँस्दा दृश्य प्रदूषण भएको भन्दै महानगरले ‘बगान’लाई जरिवाना गराएको हो ।

तर ‘बगान’ अभिनेत्री करिश्मा मानन्धरले जरिवाना गर्ने महानगरको निर्णयलाई लिएर मेयर बालेन शाहप्रति कटाक्ष गरेकी छन् । फिल्मको विशेष शोको तस्वीर सेयर गर्दै उनले क्याप्सन लेखेकी छन्, ‘महानगरले हामीलाई ५० हजार जरिवाना गरेर पाँच लाखको विज्ञापन गरिदियो । कसले भन्छ, बालेनजी नेपाली सिनेमालाई माया गर्नुहुन्न भनेर ? जय बगान, जय बालेन ।’

करिश्माको यो पोस्टमा विभिन्न खाले टिप्पणीहरु आइरहेका छन् । महानगरले जरिवाना तिराएपछि ‘बगान’का निर्माता सुरेश वाग्लेले पनि जरिवानाको रसिद सेयर गर्दै लेखेका छन्, ‘बालेनजी आदिपुरुष हिन्दी सिनेमालाई त रोक्नुभयो । नेपाली सिनेमालाई पनि सहयोग गरिदिनुहोला । वातावरण प्रदुषण विरुद्धको महानगरको अभियानमा हाम्रो साथ र सहयोग सदैव रहनेछ ।’

शुक्रबार प्रदर्शनमा आएको सरोज खनालको डेब्यु निर्देशन रहेको ‘बगान’मा करिश्मा मानन्धर, सरोज खनाल, प्रमिला कार्कीलगायतको शीर्ष भूमिका छ । एकल महिलाको पुनर्विवाह र एकल आमाले छोरी हुर्काउन गरेको प्रयत्नको कथावस्तु यसमा प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?