+
+

महिला विश्वकप उद्घाटनअघि न्युजिल्याण्डमा गोली चल्दा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १०:०५

४ साउन, काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकपको उद्घाटन खेलको केही घण्टाअघि न्युजिल्याण्डमा गोली चलेको छ ।

अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

घटना बिहीबार न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डमा भएको हो ।

फिफाले घटनाको बाबजुद पनि न्युजिल्याण्ड र नर्वेको खेल पूर्वनिर्धारित तालिका अनुसार नै हुने जनाएको छ ।

समूह ए मा रहेको न्युजिल्याण्ड र नर्वे बीचको खेल नेपाली समय अनुसार बिहीबार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।

न्युजिल्याण्डमा फुटबलको सबैभन्दा ठूलो महोत्सवको माहोल हुने दिन यस घटना भएको हो ।

नर्वेको टिम बसेको होटल नजिकै उक्त घटना भएको हो ।

अकल्याण्डका मेयर वायने ब्रोनले फिफा पदाधिकारी र फुटबल टिम सबै सुरक्षित रहेको जनाएको छ ।

प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त घटनाबाट सर्वसाधारणमा सुरक्षाको ठूलो चुनौती नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?