+
+

विदेशी मुद्रा दुबई लैजाँदै गर्दा ४ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते ११:५६

४ साउन, काठमाडौं । ठूलो मात्रामा विदेशी मुद्रा अवैधरुपमा बाह्य मुलुक लैजादै गरेका चार जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ का २४ वर्षीय अनिस थापासहित अन्य तीन जना रहेका छन् । विदेशी मुद्रा लिएर हिमालयन एयरलाइन्सको उडानबाट यूएईको दुबई जान लासिबमकासबाविदेगेका थापा बुधबार राति पक्राउ परेका हुन् ।

उनको साथबाट ४१ हजार ४ सय अमेरिकी डलर, एक लाख १९ हजार ५ सय साउदी रियाल, एक हजार ३ सय ५७ ओमानी रियाल, ३०८ बहराइन दिनार बरामद भएको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्‍यापिङ गरी चाउचाउको बीचमा विदेशी मुद्रा फेला परेको थियो ।

थप अनुसन्धानका क्रममा तिलोत्तमा -९ कै ३८ वर्षीय दिपेश रानालगायत तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश -०१-०२७ च ६२६६ नम्बरको गाडीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले २ जनाको नाम खुलाएको छैन ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?