+
+

विमान अपहरणको घटनामा खगेन्द्रले ‘विमान २०३०’ फिल्म बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १३:१०

काठमाडौं । पञ्चायतविरुद्धको लडाइँमा बीपी कोइरालाको नेतृत्वमा भएको विमान अपहरणबारेको घटनालाई लिएर फिल्म ‘विमान २०३०’ निर्माण हुने भएको छ । चलचित्र विकास बोर्डमा यो शीर्षकमा फिल्म दर्ता भइसकेको छ ।

बोर्डका अनुसार यो फिल्मलाई खगेन्द्र लामिछानेको निर्माण कम्पनी टुकी आर्ट्सले निर्माण गर्दैछ । लोकेश बज्राचार्यले निर्देशन गर्ने यो फिल्मको कलाकारमा सन्तोष गिरी र भूमिका खड्का हुने उल्लेख छ ।

डेढ करोड रुपैयाँ लगानीमा निर्माण हुने यो फिल्म नेपालको पहिलो विमान अपहरणबारेको घटनामा बन्न लागेको हो । यसबारे बुझ्न निर्माता लामिछानेलाई गरिएको सम्पर्क प्रयास सफल हुन सकेन ।

गत असार ३१ गते बोर्डमा फिल्म दर्ता भइसकेको छ । उक्त मितिमा बोर्डमा पाँच फिल्म दर्ता भएका थिए, जसमा ‘विमान २०३०’ सहित दयाहाङ राई स्टारर ‘कार्साङ’, रिमेश अधिकारीको ‘कोतपर्व’, अनमोल केसी स्टारर ‘फर्की फर्की’ र खगेन्द्र लामिछानेकै अभिनय रहने ‘वरिष्ठ बलराम’ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?