+
+

सुनसहितको ब्रेक शुको तौल १५५ किलो, सुन मात्रै निकालेर तौल गरिँदै

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० साउन ४ गते १५:५७

४ साउन, काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन सहितका स्कुटरका ब्रेक शुको तौल नेपाल राष्ट्रबैंकको टक्सार विभागले जोखेर भ्याएको छ ।

राष्ट्रबैंकले ती ब्रेक सु जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दियो ।

‘कुल एक सय ६० वटा ब्रेक शु फेला परेको थियो, तीमध्ये एउटाबाहेक सबैमा सुन रहेको पाइयो,’ स्रोतले जानकारी दियो ।

अब ती ब्रेक शुबाट सुन निकालेर जोखिने उनले बताए । ‘ब्रेक शु भित्र सुनका साना साना टुक्रा छन्, त्यसैले सबै निकालेर जोख्न केही समय लाग्छ,’ उनले भने ।

राजस्व अनुसन्धान विभागले मंगलवार काठमाडौंको सिनामंगलबाट भन्सार पास भइसकेको अवस्थामा ब्रेक सुमा लुकाएर राखेको सुन बरामद गरेको थियो । ती ब्रेक सुमा १०० किलोग्रामभन्दा बढी सुन भएको अनुमान विभागको छ ।

राष्ट्रबैंकले सुनमात्रै जोखेपछि मात्रै यसको वास्तविक तौल थाहा हुनेछ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?