+
+

महिला विश्वकप फुटबलमा न्युजिल्याण्डको विजयी सुरुवात, नर्वे पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १७:०१

४ साउन,  काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले आज बिहीबारदेखि सुरु भएको पिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

समूह ए अन्तर्गत अकल्याण्डस्थित घरेलु मैदान एडेन पार्कमा भएको उद्घाटन खेलमा न्युजिल्याण्डले पूर्व विजेता नर्वेलाई १-० ले स्तब्ध पारेको हो ।

न्युजिल्याण्डका लागि हान्नाह विलकिन्सले ४८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यही अग्रता जोगाउँदै न्युजिल्याण्डले सुरुवाती ३ अंक जोडेको हो ।

खेलको अन्त्यतिर न्युजिल्याण्डले अग्रता दोब्बर पार्ने अवसर गुमाएको थियो ।

नर्वेका टुभा हानसेनले पेनाल्टी बक्समा ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीमा न्युजिल्याण्डकी रिया पर्सिभलले गोल गर्न सकिनन् ।

फिफा वरीयतामा १२औं स्थानमा रहेको पूर्व विजेता नर्वेलाई हराएपछि न्युजिल्याण्डले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

१९९१ को पहिलो संस्करणमा उपविजेता र १९९५ मा दोस्रो संस्करणको विजेता बनेको नर्वेले त्यसपछि पेरि फाइनलमा स्थान बनाउन सकेको छैन ।

पछिल्लो पटक २०१९ मा नर्वे क्वाटरफाइनलबाटै बाहिरिएको थियो । न्युजिल्याण्डले अब दोस्रो खेल आउने मंगलबार फिलिपिन्ससँग खेल्नेछ भने नर्वेले स्वीट्जरल्याण्ड्सँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?