+

६ संकेतले बताउँछन्, हाम्रो मन शुद्धीकरण गर्न जरुरी छ

२०८१ वैशाख  १८ गते ७:०० २०८१ वैशाख १८ गते ७:००
६ संकेतले बताउँछन्, हाम्रो मन शुद्धीकरण गर्न जरुरी छ

तन अर्थात् शरीरको बारेमा त हामी धेरै हेक्का राख्छौं । कुनै कुरा अपच भयो, विषाक्त भयो भने शरीरलाई शुद्धीकरण गर्नतर्फ लाग्छौं । उपवास बसेर हुन्छ वा खानपानमा सतर्कता अपनाएर शरीरमा रहेको विषाक्त पदार्थ हटाउने उपाय खोज्छौं । त्यसबाहेक अरु थुप्रै विधि छन्, जसले शरीरलाई शुद्धीकरण गर्छ ।

तर मनको शुद्धीकरण ?

मन पनि बेलाबखत विषाक्त हुनपुग्छ । चिन्ता, बेचैनी, उदासी, आवेग यसैको नतिजा हो । मनमा यसबेला अनेक खराब विचार आउने गर्छ । तनको रोगभन्दा कम पीडादायी हुँदैन मनको रोग पनि । त्यसैले जब मनमा नकारात्मक कुरा हाबी हुन्छ, तब बुझ्नुपर्छ कि मन शुद्धीकरण गर्ने बेला भयो ।

यी ६ लक्षण देखापरेमा मानसिक शुद्धीकरणको आवश्यक छ भनेर बुझ्नुपर्छ ।

बारम्बार नकारात्मक सोच आएमा

कहिलेकाहीं मनमा धेरै नराम्रो कुरा मात्र खेल्न थाल्छ । उत्साह र आशा हराउँछ । ऊर्जा र जाँगर हराउँछ । इर्ष्या, घृणा र डर बढ्न थाल्छ । यस्तो स्थिति शारीरिक रोग वा कारणले मात्र नहुन सक्छ । बरु मानसिक कारणले हुनसक्छ । त्यसैले यस्तो अवस्थामा मनको शुद्धीकरण गर्न जरुरी छ ।

अति रिस उठ्न थालेमा

रिस उठ्नु आफैंमा समस्या होइन । यो हरेक प्राणीको प्राकृतिक स्वभाव हो । कुनै पनि कुरा चित्त नबुझ्दा हामीलाई रिस उठ्छ । रिसलाई मान्छेले आ–आफ्नो ढंगले व्यक्त गर्छन् वा प्रतिक्रिया जनाउँछन् ।

तर कारणबिना नै रिस उठ्न थाल्यो वा सानोतिनो निहुँमा झनक्क रिस उठ्न थाल्यो भने यो सामान्य होइन । यस्तो अवस्थामा हामीलाई धेरैजसो रिस उठिरहन्छ । त्यति मात्र होइन हाम्रो अवचेन मनले पनि रिस उठ्ने कारण खोजिरहेको हुन्छ । अर्थात् सामान्य वातारण छ भने पनि हामी केही न केही निहुँ निकालेर रिस व्यक्त गर्न थाल्छौं । यसले के बताउँछ भने हाम्रो मनलाई शुद्धीकरण गर्न जरुरी छ ।

हीनताबोध वा ग्लानि

कतिपय गल्ती, कमजोरीले गर्दा हाम्रो मनमा हीनताबोध हुन्छ । यतिबेला हामी आफूले आफैंलाई कमजोर र काम नगाल्ने सोचिरहेका हुन्छौं । अरुको सामुन्ने निर्धक्क प्रस्तुत हुन सकिरहेका हुँदैनौं । जस्तो परीक्षामा असफल भइयो, कुनै कुरामा बेइज्जती भयो भने हाम्रो मनलाई त्यसले विक्षिप्त बनाउँछ र ग्लानिभाव पैदा गर्छ । त्यस्तै कतिपय अपराध कर्मले पनि हामीलाई ग्लानिको स्थितिमा पुर्‍याउँछ । जबकि यो कुनै समस्याको समाधान होइन । ग्लानिभावले हामीलाई भित्रभित्रै नराम्ररी पिरोल्ने गर्छ । त्यसैले जतिसक्दो चाँडो यस्तो भावबाट बाहिर आउनुपर्छ । यसका लागि मनको शुद्धीकरण जरुरी हुन्छ ।

मानिसहरुसँग घुलमिल गर्नमा सकिएन भने

कतिपय अवस्थामा हामीलाई अरु मान्छेको सामुन्ने उभिन वा प्रस्तुत हुन गाह्रो हुन्छ । छरछिमेक, साथीभाइ, सहकर्मीको भीडमा जान असहज हुन थाल्छ । त्यति मात्र होइन, आफ्नै नातागोता, आफन्तकहाँ पनि हामीले सहज महसुस गर्न छाड्छौं । यसले के संकेत गर्छ भने भावनात्मक रुपमा हामी निकै कमजोर भइरहेका छौं । अतः यसका लागि मनको शुद्धीकरण जरुरी छ ।

थकान महसुस हुनु

सबैलाई काम हुने बेला कामको तनावले थकान महसुस हुन्छ । तर कुनै काम नै नगरेको अवस्थामा पनि थकान महसुस हुन्छ । हरेक समय थकान महसुस हुन्छ भने आफ्नो दिमागको ध्यान दिनुपर्ने हुन्छ । किनभने दिमागले धेरै सोच्नाले पनि दिमाग थाक्छ । जसकारण शारीरिक रुपमा पनि थकित महसुस हुन्छ । यस्तो अवस्थामा हामीलाई कुनै पनि काममा मन नलाग्ने र हरेक समयमा चिन्तित हुने गर्छ ।

मुड स्वीङ हुनु

यदि तपाईंको बारम्बार मुड स्वीङ हुने गर्छ भने यसलाई सामान्य रुपमा वा हेल्चेक्राइँ गर्नुहुँदैन । यस्तो अवस्थामा कहिले एक्कासि एकदम खुसी हुने र कहिले एकदम दु:खी हुन्छन् । मुड स्वीङको अवस्थामा के आफैं पनि थाहा हुँदैन । कतिपय अवस्थामा के कुराले खुसी दिन्छ र के कुराले दु:खी गराउँछ व्यक्ति आफैंलाई पनि थाहा पाउन सक्दैन । यस्तो अवस्थामा  आफ्नो मानसिक शुद्धीकरण गर्न आवश्यक हुन्छ । किनभने मुड स्वीङ मानसिक तनावको कारणले पनि हुन्छ ।

मनलाई कसरी शुद्धीकरण गर्ने ?

मनलाई हलुंगो बनाउने सहज उपाय भनेको आफ्नो सबैभन्दा नजिकको मान्छेसँग बातचित गर्ने हो । आफ्नो मनको कुरा गर्न सकिन्छ वा आफूलाई मनपर्ने कुनै प्रसंगमा बातचित गर्न सकिन्छ । अरुसँग घुलमिल हुन नसकेपछि कोही न कोही त यस्ता व्यक्ति हुन्छन्, जोसँग हामी मनको कुरा गर्न सक्छौं ।

यसैगरी मनलाई शुद्धीकरण गर्ने सहज विधि भनेको आफूलाई मनोरन्जनमा बढी संलग्न गराउनु हो । रमाइलो फिल्म हेरेर हुन्छ वा पुस्तक पढेर वा संगीत सुनेर, मनलाई नकारात्मक भावबाट बाहिर निकाल्न सकिन्छ ।

यस्तै घुमफिर पनि एउटा राम्रो काइदा हो । यदि मन एकदमै भारी भयो, उदासी बढ्यो, ग्लानिभाव पैदा भयो भने केही समयको विश्राम लिएर कतै घुमफिरमा निस्कन सकिन्छ ।

त्यससँगै प्राणायाम एउटा सर्वोत्तम विधि हुनसक्छ । गहिरो सास लिने, छाड्ने प्रक्रियाले पनि मनलाई हल्का बनाउँछ । योग, ध्यान, व्यायामको सोझो सम्बन्ध मस्तिष्क र मनसँग हुन्छ । यस्ता शारीरिक क्रियालाई समुचित ढंगले गर्दा मनको विकारहरु हट्छ ।

मन शुद्धीकरण मानसिक स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

युरिक एसिड कसरी हुन्छ ?

युरिक एसिड कसरी हुन्छ ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

यौन जीवनले कसरी मानसिक स्वास्थ्यमा प्रभाव पार्छ ?

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?